काठमाडौं । नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको बताएकाे छ ।
बिहीबार नेप्से कर्मचारी संघले सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने तयारी गरिरहेको समयमा आठ बुँदे असहमति जनाउँदै विज्ञप्ति जारी गरेको छ ।
संसारभर दुईसय मुलुक भएकोमा स्टक एक्सचेन्ज भनिन लायक संस्थाहरू मुस्किलले ११० देखि १२० सम्म छन् । नियमित रूपमा उल्लेख्य परिमाणमा धितोपत्रहरूको कारोबार हुने स्टक एक्सचेन्जहरूको संख्या ६० देखि ७० रहको संघले दाबी गरेको छ ।
“यी तथ्यहरूले पनि के बताउँछ भने पुँजी बजार विकासको निर्धारक स्टक एक्सचेन्जको संख्या होइन । धेरै स्टक एक्सचेन्ज हुँदैमा पुँजी बजारको विकास नहुने” जारी विज्ञप्तिमा भनिएको छ ।
स्टक एक्सचेन्ज धेरै हुँदैमा प्रतिस्पर्धा भएर बजारमा सुधार नआउने भन्दै थप स्टक एक्सचेन्जको लाइसेन्स आवश्यक नभएको संघले दाबी गरेको छ ।