site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से स्थिर, कारोबार रकम दैनिक बढ्दै
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बुधबार २२ अंकले घटेको नेप्से आज स्थिर रहेको छ । आज नेप्से परिसूचक १.०८ अंक घटेर १९७२.२९ विन्दुमा रोकिएको छ ।

नेप्से परिसूचक स्थिर भएपनि कारोबार रकममा भने सुधार देखिएको छ । बुधबारको तुलनामा आज कारोबार रकममा वृद्धि भएको छ ।

Agni Group
NIC Asia

गत मंगलबार एक अर्ब एक करोड रुपैयाँको सेयर कारोबार भएकोमा त्यसयताका दुई करोबार दिनमा कारोबार रकम लगातार बढेको छ । बुधबार एक अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो भने आज बढेर एक अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

तर, लगानीकर्ताको सम्पत्तिको मूल्य (कुल बजारपुँजीकरण) भने घटेको छ । बुधबार २८ खर्ब ३० अर्ब रुपैयाँ कुल बजार पुँजीकजरण भएकोमा आज एक अर्ब घटेर २८ खर्ब २९ अर्बमा झरेको छ ।

Global Ime bank

आज २२५ धितोपत्रको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर खदिरबिक्री भएको छ । सर्वाधिक सेयर मूल्य वृद्धि हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ ।

nepse 161662027181.PNG

त्यस्तै आज पनि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सर्वाधिक रकमको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको एक अर्ब २२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ६ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक बढ्नेमा वित्त समूह रहेको छ  । यो समूहको परिसूचक १.३१ प्रतिशत वृद्धि भएको छ । त्यस्तै सर्वाधिक परिसूचक घट्नेमा अन्य समूह रहेको छ । यो समूहको परिसूचक १.९२ प्रतिशत घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu