site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सामसङले नेपालमा टीभी कारखाना खोल्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरूको ब्रान्ड सामसङले आफ्नो नेपाली साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा टीभी कारखाना स्थापना गर्ने भएको छ ।

परम्परागत धार्मिक विधिअनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास गरिएको छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कलगायत व्यक्तिको उपस्थिति थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रमलाई सम्बोधन गर्दै सामसङ दक्षिण पश्चिम एसियाका क्षेत्रीय अध्यक्ष एवं सीईओ केन काङले भने, “हाम्रो लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससँग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलईडी टीभी कारखाना नेपाली जनताप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरूप्रति उपभोक्ताहरूले देखाउनुभएको बढ्दो विश्वास एवं मायाको प्रतीक हो । हामीे नेपाल सरकार र स्थानीय निकायहरूलाई उहाँहरूले दिनुभएको साथ, सहयोगको लागि आभार व्यक्त गर्दछौँ ।”

यस्तै, गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “यो नयाँ टीभी कारखाना नेपालको लागि एउटा कोसेढुंगा साबित हुनेछ । कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ । यो हाम्रो सामसङसँगको २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो ।”

Global Ime bank

efmakgm1661401639.jpg

यो कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्त्वपूर्ण अध्यायको सुरुवात गर्ने सामसङले जनाएको छ । यसले प्रभावकारिता र उत्पादकत्व वृद्धि गर्न, थप रोजगारीका अवसरहरू सिर्जना गर्न र देशमा एक बलियो इलेक्ट्रोनिक्स उत्पादन गर्ने वातावरण बनाउन मद्दत पुग्ने कम्पनीको विश्वस छ ।

कारखानाबाट सन् २०२३ देखि उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ ।

नेपालमा सन् १९९७ देखि प्रवेश पाएको सामसङले हाल आफ्नो साझेदारमार्फत उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरू टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरू बिक्री–वितरण गर्दै आएको छ । नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरू र ग्राहक सेवा केन्द्रहरूको बलियो सञ्जालमार्फत सामसङले सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC