site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
काभ्रे प्रशासनमा ३० मिटरब्याजीविरुद्ध उजुरी
SkywellSkywell

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ ।

सत्र व्यक्तिले ३० भन्दा बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए । उनका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी सुरु गरिएको छ । सरकारले गत साउनमा यही भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिकरूपमा अपिल गरेको थियो ।

Dabur Nepal
NIC Asia

सरकारले मिटरब्याजीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय नभएको जनाएकाले उजुरी गर्ने पीडित र पीडकको नाम गोप्य राखिएको छ । काभ्रेमा भने सरकारले उजुरी दिन आह्वान गर्नुअगावै केही मिटरब्याजी पीडितको भागाभागसमेत भएको थियो । यस्तै हाल पनि केही पीडित सम्पर्कविहीन अवस्थामा रहेका बताइएको छ । 

मिटरब्याजीले पीडितसँग रकम लिनुअगावै खाली चेक हस्ताक्षर गरेर लिएकाले केही पीडितलाई चेक अनादर मुद्दामा कारागारसमेत पठाएको घटना सार्वजनिक भएका छन् । मिटरब्याज लिनेमा सहकारी संस्था पनि रहेका छन् । केही सहकारीका प्रबन्धक र सञ्चालकविरुद्ध पनि कार्यालयमा उजुरी दर्ता भएको जनाइएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu