राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको टिप्प्णी गरेका छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनपछि एमालेको सरकार नबने देश झन् बर्बादीतिर जाने उनको बुझाइ छ ।
शनिबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनकै सरकारका कारण बेथिति उत्कर्षमा पुगेको जिकिर गरे । निर्वाचनपछि पनि अहिले सरकारमा भएका दलहरूकै सरकार बने ‘त्यो सरकारले मान्छे कुट्दै हिँड्ने’ उनको भनाइ छ ।
विकास निर्माणमा इन्जिनियरहरूको योगदान अपरिहार्य रहेको उनले उल्लेख गरे ।
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९ १८:१९
प्रतिक्रिया दिनुहोस्