काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद शिवमाया तुम्बाहाङ्फेले सार्वजनिक लेखा समितिले संसदीय व्यवस्थालाई नै चुनौती दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामा प्रश्न उठाएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा पूर्वउपसभामुख समेत रहेकी सांसद तुम्बाहाङ्फेले सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षको हुने व्यवस्थाको पालना नहुँदा पनि सभामुखले भूमिका निर्वाह नगरेको भन्दै प्रश्न उठाएकी हुन् ।
“सभामुख महोदय, सार्वजनिक लेखा समितिले संसदीय व्यवस्थालाई नै चुनौती गरिरहेको छ । संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षको हुन्छ । अहिले सत्तापक्षले नै त्यसको नेतृत्व गरिरहेको छ,” उनले भनिन्, “सभामुख महोदय, संसदीय व्यवस्थाको पालनाका लागि यहाँको भूमिका हुनुपर्ने हो । तपाईको भूमिका खोइ ?”