राजनीति
काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार नायब महानिरीक्षक (डीआईजी)को पदावधि एक वर्ष थप गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडामगर र कुलबहादुर नेम्वाङको म्याद थप गर्ने निर्णय गरेको हो । आजै राति १२ बजेबाट लागु हुनेगरी सशस्त्रका चार डीआईजीहरूको पदावधि थप गरेको हो ।
उनीहरू आजै मध्यरातिबाट अवकाशमा जाँदै थिए । सशस्त्रको मुख्यालयले दुई साताअघि नै उनीहरूको पदावधि थप गर्न सिफारिस गरेको थियो ।
सशस्त्र प्रहरी बल नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा गरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ २२:३५
प्रतिक्रिया दिनुहोस्