site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेसबुकले हटायो फ्याक्टचेकर, भ्रामक सूचना बढ्ने चिन्ता

काठमाडौं । अमेरिकी इन्टरनेट कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेड्सका तथ्यजाँचकर्ता (फ्याक्टचेकर)हरूलाई हटाउने घोषणा गरेको छ ।

फेसबुकमा निष्पक्ष तेस्रो पक्षका संस्थाहरूले विभिन्न टीकाटिप्पणीमाथि तथ्य जाँच गर्दै आएका छन् । विभिन्न देश र क्षेत्रका लागि भ्रामक सूचना जाँच्न मेटाले निष्पक्ष अन्तर्राष्ट्रिय तथ्य जाँच नेटवर्क (आईएफसीएन)सँग मेटाको सम्झौता छ ।

कम्पनीले युरोपेली तथ्य जाँच मानक नेटवर्क (ईएफसीएसएन)सँग पनि काम गर्ने गरेको बताएको छ । अब अमेरिकामा भने यी तेस्रो पक्षका संस्थाहरूलाई तथ्य जाँचबाट हटाउने मेटाले बताएको हो । यसको ठाउँमा कम्युनिटी नोट भन्ने अप्सन रहने मेटाले जनाएको छ ।

सामाजिक सञ्जाल एक्समा जस्तै कम्युनिटी नोटमार्फत भ्रामक सूचनामा अन्य प्रयोगकर्ताले वास्तविकता के हो भनेर लेख्न सक्छन् ।

मेटाले तथ्यजाँचकर्तालाई हटाउने नीति ल्याएसँगै यसका सामाजिक सञ्जालमा अब भ्रामक सूचना र सामाजिक द्वेष फैलाउने टीकाटिप्प्णी बढ्ने चिन्ता गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम वार्यडले अब फेसबुकमा तेस्रो लिंगीलाई मानसिक 'रोगी' लेख्न मिल्ने बताएको छ । सीएनएनले अब महिलाहरूलाई 'घरेलु वस्तु' भनेर लेख्न मिल्ने दाबी गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro