site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फा कार्यसमिति बैठक आज, भागबन्डाले फुटबलका एजेन्डा छायामा
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पटक–पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ । पदीय भागबन्डा पेचिलो बन्दा फुटबल विकासका एजेन्डा भने छायामा परेका छन् ।

यसअघि, यही साउन २ गतेका लागि एन्फा बैठक बेलाइएको थियो । तर, सोही दिन अचानक अध्यक्ष पंकजविक्रम नेम्वाङको मुटुमा समस्या देखिएपछि बैठक स्थगित गरिएको थियो । त्यसको दुई दिनपछि साउन ५ गते पुनः बैठक बोलाइएको थियो । तर, एजेन्डामा प्रवेश नै नगरी अध्यक्ष नेम्वाङले बैठक स्थगित गरेका थिए । त्यसको २० दिनपछि आज सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुनः बैठक बस्दै छ ।

Agni Group
NIC Asia

निर्वाचनमा एउटै प्यानलबाट प्रतिस्पर्धा गरे पनि नेतृत्वमा पुगेपछि पदीय भागबन्डामा कुरा नमिल्दा नेम्वाङ समूह चर्को आन्तरिक विवादमा फसेको छ । पूर्वसहमतिअनुसार महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नवीन पाँडेलाई नियुक्त गरिसकेपछि नेम्वाङले धोका दिएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडालगायत १० जना विरोधमा उत्रिएका छन् ।

गणेश थापा पक्ष भनिएका वरिष्ठ उपाध्यक्ष खड्कालगायत पदाधिकारीले प्रमुख कार्यकारी अधिकृतमा गौरव थापा, प्रवक्तामा सुरेश शाह र सहमहासचिवलगायत पदमा पनि सोहीअनुसार नियुक्त गर्नुपर्ने माग राखेका थिए । त्यसमा पाँडेको चर्को असन्तुष्टि छ । पाँडे नेम्वाङका खास मान्छे हुन् ।

Global Ime bank

नेम्वाङले पाँडेको दबाबमा कुनै पनि हालतमा गौरवलाई नियुक्त नगर्ने रणनीति अपनाएपछि वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्ष शाही र खतिवडालगायत १२ जनाले पाँडेको नियुक्ति नै बदर गर्न हस्ताक्षर गरेर महासचिव राईलाई बुझाएका छन् । र, पाँडेको बर्खास्ती बैठकको एजेन्डा बनाउन माग गरेका थिए । त्यसपछि नेम्वाङले बैठक नै स्थगित गरिदिएका थिए ।

साउन २ गतेको बैठकका लागि एन्फा सचिवालयले १२ एजेन्डा पठाएको थियो । त्यसमा शेर्पा प्यानलबाट विजयी भएका उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीले पेस गरेका पाँच एजेन्डा पनि थपिएको छ । साउन ५ गतेको बैठकका लागि १७ एजेन्डा थिए । यसबाहेक पनि महिला सदस्य पेमा लामाले उठाएका चार एजेन्डा पनि आजको बैठकका लागि एजेन्डामा समावेश गरिएको बताएको छ । साथै, पाँडे बर्खास्तीको माग पनि एजेन्डका रूपमा छलफल हुने महासचिव राईले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय