site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोलुखुम्बुमा आगलागी, एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२, थुम्लिङमा गए राति भएको आगलागीमा परी एकजनाको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीय नवराज खालिङ राईको मृत्यु भएको वडा सदस्य हरिाकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए ।

बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।

थप अनुसन्धानका निम्ति प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र चिकित्सकसहितको टोली घटनास्थलमा पुगेको छ ।

आगलागीबाट जलेर चिन्न नसक्ने अवस्थामा रहेका खालिङको शव परीक्षणका निम्ति जिल्ला अस्पताल फाप्लुमा ल्याइएको प्रजिअ घिमिरेले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro