site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पृथ्वीजयन्तीमा ‘पृथ्वीनारायण शाह’ पुस्तक

काठमाडौं । महेशराज पन्तले पृथ्वीनारायण शाहबारे पुस्तक तयार पारेका छन् । पुस्तक पब्लिकेसन नेपालयबाट यही पुस २७ मा पृथ्वी जयन्तीका दिन ‘पृथ्वीनारायण शाह’ पुस्तक बजारमा आउनेछ ।

नेपालको आधुनिक इतिहास निर्माण गर्ने श्रेय पाएका पृथ्वीनारायण शाहका कदम एवं भूमिकाबारे विभिन्न पाटोबाट चर्चा चलिरहेका बेला उक्त पुस्तक आउन लागेको हो । 

पुस्तकमा पन्तले झण्डै आधा शताब्दी लगाएर पृथ्वीनारायण शाहबारे गरेका खोजी अटाएका छन् । पन्तले २०२९ सालदेखि २०७६ सालसम्म पृथ्वीनारायण शाह र उनको काम वरिपरि रहेर लेखेका थुप्रै आलेखबाट छनौट गरिएका ११ लेखको विस्तारित–परिमार्जित–अनूदित रूप पुस्तकमा समेटिएको छ ।

नेपालको आधुनिक इतिहास पृथ्वीनारायण शाहबाटै सुरु हुने भएकाले उनको कामलाई नबुझी नेपाल बुझ्न नसकिने पन्तको ठहर छ ।

“पब्लिकेशन नेपालय २० वर्ष पुगेको अवसरमा हामी नयाँनयाँ योजनामा छौँ,”  नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, “यस क्रममा हरेक विधाका खासखास अध्येताहरूसँग सहकार्य बढाउँदै पाठकहरूसम्म पुग्ने लक्ष्य लिइएको छ ।”

१३३ पृष्ठको पुस्तकलाई ४९५ रुपैयाँ मूल्य तोकिएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro