राजनीति
काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तीमा परेकी उच्च अदालतकी न्यायाधीश रेणुका शाहबारे भएका निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको छ ।
आज न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले नियुक्ति गर्दाको फाइल र पदबाट हटाउन गरिएको निर्णयको फाइल न्याय परिषद्बाट मगाउन आदेश गरेको हो ।
शाहलाई २०७५ चैत १९ मा नियुक्ति गर्दाको फाइल र असार २४ मा बर्खास्त गर्दा भएको निर्णयको फाइल झिकाइएको छ ।
न्याय परिषद्ले योग्यतामाथि प्रश्न उठाएर गएको असार २४ गते शाहलाई बर्खास्त गरेको थियो । परिषद्को निर्णयविरुद्ध उनले बिहीबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९ २०:३०
प्रतिक्रिया दिनुहोस्