site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी ड्रोन आक्रमणमा अल कायदा नेताको मृत्यु

वासिङटन डीसी । अमेरिकाले अफगानिस्तानमा गरेको ड्रोन हमलामा परी अल–कायदाका नेता अयमान अल जवाहिरी मारिएको राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाको गुप्तचर संस्था सीआईएले गरेको प्रतिआतंकवाद कारबाहीमा आइतबार जवाहिरीको मृत्यु भएको हो । तत्कालीन समयमा जवाहिरी र ओसामा बिन लादेनले मिलेर ‘९÷११’ आक्रमणको योजना बनाएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

Dabur Nepal

जवाहिरी अमेरिकाको ‘मोस्ट वान्टेड’ आतंकवादीमध्ये एक थिए । राष्ट्रपति बाइडेनले भने, “जवाहिरीले अमेरिकी नागरिकविरुद्ध हत्या र हिंसाको बाटो कोरेका थिए ।”

उनले थपे, “अमेरिकाले ११ वर्ष पहिले बिन लादेनलाई मारेर न्याय गरेदेखि जवाहिरी अल कायदाका नेता भएका थिए । लुकेर उनले अल कायदाका शाखाहरू र संसारभरि समन्वय गरिराखेका थिए । जसमा अप्रेसन परिचालन गर्न मार्गनिर्देश गर्ने र अमेरिकी लक्ष्यहरूविरुद्ध आक्रमण गर्न प्रेरित गर्थे ।

सन् २०११ मा लादेनको मृत्युपछि जवाहिरीले अलकायदाको जिम्मा लिएका थिए । अधिकारीहरूका अनुसार जवाहिरी सुरक्षित घरको बार्दलीमा थिए, जब ड्रोनले उनीमाथि दुईवटा मिसाइल प्रहार गरेको थियो ।

त्यहाँ परिवारका अरू सदस्यहरू पनि उपस्थित थिए । तर, उनीहरूलाई केही नभएको र आक्रमणमा जवाहिरीको मात्र मृत्यु भएको अधिकारीहरूको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro