site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रविविरुद्धको थुनछेक बहस आजलाई सकियो

काठमाडौं । सहारा चितवन सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध थुनछेक बहस बुधबारका लागि सकिएको छ । 

जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ता बुद्धबहादुर थापाको बहस सकिएपछि जाहेरवालाका तर्फबाट रमेश काफ्लेको बहस सकिएकोे चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । काफ्लेको बहससँगै बुधबारका लागि बहसको क्रम सकेर बिहीबार बहस हुने बताइएको छ । 

रास्वपा सभापति रवि लामिछानेको तर्फबाट बहसका लागि वकालतनामा लेखाउने अधिवक्ताको संख्या १० पुगेको छ । वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तसहित १० जना वकिलले वकालतनामा दर्ता गरेका छन् । 

सहकारी पीडितका तर्फबाट बुधबार बहस गरेका काफ्लेबाहेक वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ तथा अधिवक्ताहरू सुनिता अधिकारी र शम्भु बर्ताैलाले वकालतनामा दर्ता गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro