site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेमाथि अनुसन्धान गर्ने एसपी पुरस्कृत, लुइँटेलमाथि कारबाही !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा अदालत पुगेकै राति चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको एकाएक काज सरुवा भयो । उनको महान्यायाधिवक्ता कार्यालयमै काज सरुवा भएको हो । 

महान्यायाधिवक्ता कार्यालयले उनको ठाउँमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका उपन्यायाधिवक्ता रवि न्यौपानेलाई पठाएको छ ।  मंगलबार मात्रै जिल्ला सरकारी वकिल कार्यालय चितवनले साहारा सहकारी ठगी प्रकरणबारेको मुद्दा अदातलमा दर्ता गरेको थियो । रविसहित ३२ जनालाई अभियुक्त बनाएको छ ।

जसमध्ये रविको हकमा भने जिल्ला सरकारी वकिल कार्यालयले ठगी मुद्दा मात्रै मुद्दा चलाएको थियो । तर, चितवनबाहेकका तीन जिल्लामा सहकारी ठगीका अतिरिक्त संगठित अपराध मुद्दा पनि चलाएको थियो ।

Dabur Nepal

काठमाडौंको स्वर्णलक्ष्मी र रुपन्देहीको सप्रिम सहकारी ठगी प्रकरणमा उनीविरुद्ध संगठित, ठगी मुद्दा चलेको थियो ।  पोखरामा भने संगठित ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दा चलेको छ ।  रविबाहेक सहकारी ठगीका मुख्य आरोपी ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) सहित १२ जनाविरुद्ध भने चितवनमा समेत संगठित अपराध मुद्दा दर्ता भएको छ ।

रविलाई संगठित मुद्दाबाट जोगाउँदै ठगीमा मात्रै मुद्दा चलाउनु ‘गम्भीर कैफियतपूर्ण’ देखिएको निस्कर्षसहित नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको छ ।

समितिमा महान्यायाधिवक्ता कार्यालयका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन् ।

यद्यपि रास्वपाले राष्ट्रसेवक कर्मचारीमाथि रवि लामिछानेका नाममा सरकारले दुःख दिएको प्रतिक्रिया दिएको छ । 

रविको मुद्दासित जोडेर सरुवा गरिएका जिल्ला न्यायाधिवक्ता लुइँटेल एक्ला होइनन् । यसअघि चितवनमा रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी दबाउन नसकेको भन्दै चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) र सीडीओ इन्द्रदेव यादव समेत तानिएका थिए । 

लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । त्यसको विरोधमा चितवनमा रास्वपाका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाउँदै नारायणी नदीमा पुत्ला दहन गरेका थिए ।

त्यही विषयमा प्रहरी प्रधान कार्यालयले एसपी भावेश रिमाल र सीडीओ यादवलाई तान्दै उनको ठाउँमा अर्का एसपी गौमत मिश्र र सीडीओमा गृह मन्त्रायबाट सहसचिव प्रकाश पौडेललाई पठाएको थियो । त्यतिबेला सीडीओ चार महिनामै तानिएका थिए भने एसपी रिमाल समेत नौ महिनामै  ।

चितवन पठाइएका मिश्र मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए ।  रिमाललाई प्रहरी प्रधान कार्यालयले ब्यूरोमा काज सरुवा गरेको थियो । रवि जोडिएको चितवनको साहारा सहकारीको रकम अपचलनबारेको अनुसन्धान एसपी मिश्रले गरेका थिए । 

पोखराको सूर्यदर्शन सहकारी प्रकरण अनुसन्धान गर्न थुनामा राखिएका रविलाई बयानका लागि चितवन बोलाइएको थियो । रवि मंसिर १८ गते बयानका लागि चितवन पुगेका थिए ।

चितवनमा २ दिन बयान दिएका लामिछानेलाई चितवन प्रहरीले मध्यरातमै पोखरा फिर्ता पठाएको थियो । प्रहरीले रविलाई मध्यरातमा पोखरा पुर्‍याएको घटनाको विरोध भएको थियो । उक्त प्रकरणबारे राष्ट्रिय मानव अधिकार आयोगले समेत चासो दिँदै महानिरीक्षक वसन्त कुँवरलाइ उपस्थितिका लागि पत्र पठाएको थियो । तर उनी उपिस्थत नभइ त्यसबेलाका प्रवक्ता डीआइजी दानबहादुर कार्की र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख एआइजी टेक तामाङ उपस्थित भएका थिए ।

रविको अनुसन्धान गरेका एसपी मिश्रलाई हाल चितवनबाट सबैभन्दा आकर्षक मानिने जिल्ला पर्साको जिम्मा दिइएको छ । 

चितवनबाट तीन महिनामै उनी पर्सा सरुवा भएका हुन् । प्रहरीमा त्यसरी एक जिल्लाबाट अर्को जिल्लाको प्रमुख बन्दै जाने एसपी मिश्र अपवादका पात्र बनेका छन् ।  सरकारले माघ ११ गते एसपी मिश्रसहित अन्य १७ एसपीको सरुवा भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro