राजनीति
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो निलम्बन फुकुवाको माग गर्दैै सभामुख देवराज घिमिरेलाई निवदेन दिएका छन् ।
आज १५ जना सांसद लिएर सभामुख भेट्न पुगेका लामिछानेले आफूलाई गरिएको निलम्बन कानुनसम्मत नभएको बताउँदै आजैको बैठकबाट फुकुवा गरिदिन अनुरोध गरेका थिए ।
“मैले कानुन, संसद् नियमावलीको आधार र अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ,” सभामुखको भनाइ थियो । लामिछानेले सबै कुरा राखिसकेपछि सभामुखले प्रश्न गर्दै भने– तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?”
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १२:४२
प्रतिक्रिया दिनुहोस्