site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवैध १०४ भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान अमृतसर पुग्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकामा अवैध बसोबास गरिरहेका १०४ जना भारतीयलाई बोकेर अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

डोनाल्ड ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि अमेरिकामा अवैधरूपमा बसोबास गर्ने भारतीयलाई देश निकाला गरिएको यो पहिलो घटना हो ।

अमेरिकी सेनाको सी–१७ हरक्युलिस विमानमा राखेर उनीहरूलाई अमृतसर ल्याइएको हो । यसअघि उक्त विमानमा २०५ जना भारतीय रहेको बताइएको थियो । विमान अवतरण गरेपछि त्यहाँ १०४ जनामात्र रहेको खुलेको हो ।

विमानमा रहेकामध्ये ३० जना पन्जाब, ३३ जना गुजरात, ३३ जना हरियाणा, तीन जना यूपी र तीन जना महराष्ट्रका छन् । यस्तै, चण्डीगढका दुई जना रहेको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro