site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुम्भ मेलामा भागदौड, कति भयो हताहत ?  

काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजमा लागिरहेको कुम्भ मेलामा भएको भागदौडपछि भक्तजनले यसको व्यवस्थालाई लिएर गम्भीर प्रश्न उठाइरहेका छन् ।

भागदौडपछि मानिसका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन् । भक्तजन त्रासमा रहेको बीबीसीले जनाएको छ । 

भागदौडमा कतिजना घाइते भएका छन् र मारिएका छन् भन्ने आधिकारिक जानकारी आइसकेको छैन । यद्यपि, बीबीसीले कम्तिमा १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । 

स्थानीय अस्पतालमा उपचार गराइरहेका एक घाइते महिलाले समाचार एजेन्सी पीटीआईसँग अचानक भागदौड भएको बताएकी छन् । 

उनले कुम्भ मेलाको व्यवस्थापनमा संलग्न केही व्यक्तिले लापरबाही गरेको आरोप लगाइन् ।

अस्पतालमा उपस्थित एक व्यक्तिले भागदौडमा कम्तिमा ३०/४० जना घाइते भएको बताएका छन् । 

बीबीसी संवाददाता समिरा हुसेनले एक महिलालाई स्ट्रेचरमा बाहिर निकालिएको देखेकी थिइन् । उनको अनुहार आँसुले भिजेको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro