site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा नेपालको निष्कर्ष : प्रक्रिया गलत भए पनि अध्यादेश सकारात्मक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन गर्न गठित कार्यदलले सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको निष्कर्ष निकालेको छ । 

सिंहदरबारमा बुधबार बसेको कार्यदल बैठकले विज्ञहरूसँग छलफल गर्दै सरकारले ल्याएको अध्यादेशको प्रक्रिया गलत भए पनि उद्देश्य समग्रमा सही नै भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि कार्यदल संयोजक राजकिशोर यादवले प्रक्रिया गलत भए पनि अध्यादेश सकारात्मक रहेको बताए । सरकारलाई एकपटक सचेत गराउँदै भविष्यमा अध्यादेशबाट राज्य सञ्चालन गर्ने मनसाय नबनाउन सुझाव दिइने उनको भनाइ छ ।

उनले अध्यादेशको विषयगत सबै उल्लेख गरेर पार्टीलाई प्रतिवेदन हस्तान्तरण गर्ने उल्लेख गरे । प्रतिवेदनका आधारमा पार्टीको संसदीय दलको बैठकले अध्यादेशका बारेमा आवश्यक निर्णय गर्ने संयोजक यादवले बताए । 

उनले बिहीबार बस्ने संसद् बैठकअघि समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय लिइने बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro