राजनीति
काठमाडौं । राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको विधेयक बहुमतबाट पारित भएको हो ।
त्यसअघि विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री बालकृष्ण खाँणले संविधान बनेको सात वर्ष पूरा हुँदासमेत लाखौँ नेपाली युवाले नागकिरता पाउन नसकेकाले उनीहरूलाई नागरिक बनाउन विधेयक ल्याइएको बताए । उनले यसपटकको विधेयकमा सत्तासीन दल र प्रतिपक्षी दलसँग बारम्बार छलफल गरेर नै विधेयक अघि बढाइएको पनि बताए ।
यसअघि साउन ६ गते प्रतिनिधिसभाबाट विधेयक पारित भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९ १७:५५
प्रतिक्रिया दिनुहोस्