site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सैनिक–पाइलट हुँदै गायनसम्म विकास राणा

काठमाडौं । दरबारमार्गस्थित याक एन्ड यती होटलमा बुधबार साँझ विभिन्न क्षेत्रका हस्तीहरूको ठूलो जमघट थियो । नेपाली सेनाका पूर्व प्रधानसेनापति, सफल व्यवसायी, संगीतकार, रचनाकार तथा गायक/गायिका, कलाकारलगायतको बाक्लो उपस्थिति थियो । यी विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई एकैथलोमा जम्काभेट गराउने अवसर पूर्वसैनिक, व्यवसायी तथा पछिल्लो समय नयाँ परिचय पनि अब्बल बनाउने यात्रामा रहेका विकास राणाले जुराएका हुन् । 

राणा सांगीतिक दुनियाँको यात्रामा आफ्नो नयाँ परिचय थप बलियो बनाउने उद्देश्यका साथ लागिसकेका छन् । बुधबार उनको सोही यात्रामा ‘विकास राणाको गीति यात्रा’ सार्वजनिक गरिएको छ । उक्त गीति एल्बममा उनले आवाज भरेका ११ वटा गीतको भिडियो समावेश छन्, जसको बुधबार भव्य कार्यक्रमसहित सार्वजनिक गरियो । 

जागिरे जीवनपछि सफल व्यावसायिक जीवनमा आफ्नो परिचय स्थापना गरेका राणा अब सांगीतिक क्षेत्रमा पनि सफल व्यक्तित्वको परिचय बनाउने होडमा छन् । उनको आवाज भरिएका ११ वटा गीतको भिडियोमा राजेश हमाल, वर्षा राउत, आर्यन सिग्देललगायत कलाकारको अभिनय छ ।

पहिलो दुई गीत सार्वजनिक गर्न मञ्चमा पुगेका पूर्वसेनापति गौरव शम्शेर जबराले भने, “उहाँको जीवन यात्रा नै सफलताले भरिपूर्ण छ । सबै युवापिँढीले अनुकरण गर्नुपर्ने यात्रा उहाँले तय गर्नुभएको छ । उहाँको सफलताको अझै उत्तरोत्तर प्रगतिको कामना छ ।”

‘गीति यात्रा’ सार्वजनिक कार्यक्रममा ११ वटै गीतको भिडियो देखाउनुका साथै गायक राणाले लाइभ ब्यान्डसहित आधा दर्जन गीत गाएका थिए । उनले ११ वटा गीतमा लोक, आधुनिक, गजल, कवालीलगायत धेरै विधा समावेश गरेका छन् । 

“मैले यो गीति एल्बममार्फत् सबै खालका गीत गाउने कोसिस गरेको छु । मेरा लागि यो नितान्त पहिलो प्रस्तुति हो । त्यसैले, म केही उत्साहित पनि छु र केही नर्भस पनि छु,” उनले भने । 

आगामी दिन आफूलाई गीत–संगीतमा समर्पण गर्ने सोच रहेको उनले सुनाए । 

जागिरे जीवनदेखि सफल व्यवसायीसम्म
विकास जंगबहादुर राणा, उड्डयन क्षेत्रमा  सुपरिचित नाम हो । सन् १९५७ मा पोखरामा जन्मिएका उनी १८ वर्षको उमेरमा नेपाली सेनामा प्रवेश गरेका थिए । नौ वर्षपछि सैनिक सेवाबाट पाइलट तथा इन्स्ट्रक्टरको रूपमा काम गरे । यही क्रममा उनी वायुसेवा सञ्चालक संघमा तीनपटक अध्यक्ष पदमा निर्वाचित भए । 

उनले यूएसए, स्कटल्यान्ड, थाइल्यान्ड, फ्रान्सलगायत विभिन्न देशबाट फ्लाइङ कोर्सहरूमा विज्ञता हासिल गरी इन्स्ट्रक्टरको रूपमा कार्य गरिसकेका छन् । राणाले इन्डियन एयरफोर्सबाट पाइलट ट्रेनिङ कोर्समा ग्रयाजुएसन गरेका हुन् ।

तर, जागिरे जीवनले सन्तुष्टि नमिलेपछि आफ्नो विज्ञताअनुसार व्यवसाय  सुरुवात गरे, ‘फिस्टेल हेलिकोप्टर’मार्फत् । यसका साथै उनी फिस्टेल एयर प्रालि, समिट एयर प्रालि, एम्पेरियल अपार्टमेन्ट प्रालिका अध्यक्ष तथा शिखर इन्स्योरेन्सका संस्थापक अध्यक्ष हुन् ।

टेनिस र गल्फमासमेत उत्तिकै रुचि राख्ने राणा आफ्नो सफलताको जस भने ‘टिम वर्क’ लाई दिन्छन् । 

तस्विर : हरिशजंग क्षेत्री

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro