site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
किरण मानन्धरको ‘समर्पण’ (तस्बिरसहित)

काठमाडौं । उमेरले ७० कटिसकेका कलाकार किरण मानन्धरको सक्रियता लोभलाग्दो छ । अनवरत रूपमा सिर्जना र नेपाली कलाको उत्थानमा तल्लीन छन् ।

पढाइमा उनको फिटिक्कै रुचि थिएन । बुवाको इच्छा छोराले राम्रो पढेर जागिरे बनोस् भन्ने थियो । बुवाको इच्छाविपरीत मानन्धर प्रायः चित्र कोर्न बालाजु पुग्थे । कहिले विष्णुमतीतिर कुद्थे ।

घरबाट स्कुल जान्छु भन्दै निस्कने उनी बालाजुको जंगल (हाल पार्क)मा गएर चित्र कोर्थे । घरमा ल्याए थाहा पाउने डरले रुखको माथि टाँगेर फर्किन्थे ।

Dabur Nepal

“घरमा लग्ने कुरा हुँदैन थियो । त्यो बेला म बलियो थिएँ । त्यही सल्लाको रुखमा चढेर प्लास्टिकले बेरेर माथि रुखको टुप्पोमा बाँधेर आउँथे र भोलिपल्ट फेरि जान्थेँ,” मानन्धरले विगत सम्झँदै भने ।

उनले भारतको वनारसबाट ललितकलामा स्नातकोत्तर (एमएफए) तह उत्तीर्ण गरेका छन् । उनी कलाकारलाई चरासँग तुलना गर्छन् । चरा कहिले पनि एउटा मात्र फल खाएर अघाउँदैन । कलाकारमा पनि त्यही गुण हुनुपर्नेमा उनी जोड दिन्छन् ।

उनी भन्छन्, “कलाकार भनेको चराजस्तै हुनुपर्छ । जसरी चरा एउटा आहाराबाट अघाउँदैन, यसकै खोजीमा विश्व चहार्छ । ठिक त्यसैगरी हामी कलाकारमा पनि कलाको भोक र हरेकपटक नयाँ खोज्ने अनि सिर्जना गर्ने भोक हुनुपर्छ ।”

चराजस्तै निरन्तर खोजी गर्दै सिर्जना गर्ने उनका कला यति बेला सिद्धार्थ आर्ट ग्यालरीमा सजिएका छन् । ‘समर्पण’ शीर्षकमा मानन्धरका करिब ४२ चित्रकलाहरूको एकल प्रदर्शनी भइरहेको छ । ती उनले कोरोनाकालदेखि हालसम्म बनाएका पेन्टिङहरू हुन् ।

लामो समयदेखि उनको चिनारी ‘एब्सट्रयाक’ पेन्टिङमा छ । यो कला प्रदर्शनीमा भने केही फरक देख्न सकिन्छ । उनले ‘फिगरेटिभ’बाट कलायात्रा सुरु गरेका थिए । तर, बीचमा लामो समय एब्सट्रयाक पेन्टिङमा ‘फोकस’ भए । ‘समर्पण’मार्फत पुनः फिगरेटिभ ‘फर्म’लाई स्थान दिएका छन् ।

टेक्चर (रङको प्यार्टन)मा खेल्न र कुचीभन्दा हातैले सिर्जना गर्न रुचाउने मानन्धरले योपटक पनि टेक्चरलाई कायमै राखेका छन् । प्रायः जुटको बोरामा अमूर्त चित्रहरू उतार्ने उनले मिलेको क्यानभासमा ब्रस (कुची) खेलाएका छन् ।

आइतबार सिद्धार्थ आर्ट ग्यालरीमा आफ्नो प्रदर्शनीबारे बताउँदै उनले पछिल्लो पुस्ताका कलाकारमा निरन्तरता समर्पण, लगन र जोसको कमी भएको गुनासो गरे । “वर्षमा एउटा कला सिर्जना गरेर कलाकार बनिँदैन । त्यही पुरानै पेन्टिङलाई यताउता गर्‍यो, त्यसैलाई नयाँ भन्यो र प्रदर्शनीमा राख्यो ।”

योपटक मानन्धरले हिन्दु र नेवारी समुदायको आस्थाको प्रतीक विभिन्न भगवान्का रूपलाई क्यानभासमा उतारेका छन् । कुनै एक धर्म वा सम्प्रदायलाई प्रश्रय दिएका छैनन्, विम्बका रूपमा प्रयोग गरेका छन् ।

भगवान् भैरवलाई आक्रोश र रिसका कारण चिनिन्छ । त्यसलाई विम्बका रूपमा प्रस्तुत गर्दै उनले आक्रोशलाई सकारात्मक रूपमा लिएर काम गरे सफलता पाउन सकिने सन्देश कलामार्फत दिन खोजेका छन् ।

उनले गणेश, लाखे, कृष्णलगायत भगवान्का प्रतीकलाई क्यानभासमा ‘आधुनिक ढंग’बाट उतारेर उनीहरूका गुणलाई देखाउन खोजेका छन् ।

उनले थुप्रै एकल र सामूहिक कला प्रदर्शनी गरिसकेका छन् । उनी भन्छन्, “म आफैँलाई थाहा छैन यो मेरो कतिऔँ एकल कला प्रदर्शनी हो भनेर । किनभने, मैले १५०औँपछि गन्नै छोडिसकेँ । कति गन्नु होइन त ?”

मानन्धरको यो एकल कला प्रदर्शनी यही साउन ८ गतेदेखि सुरु भएको हो । आउँदो भदौ ८ गतेसम्म हुनेछ ।

image121658906499.jpeg

image101658906495.jpeg

image111658906495.jpeg

image91658906489.jpeg

image51658906481.jpeg

image61658906483.jpeg

image71658906485.jpeg

image81658906488.jpeg

image41658906479.jpeg

image31658906476.jpeg

image21658906475.jpeg

image01658906470.jpeg

image11658906470.jpeg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro