site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘बलात्कारपीडित’को भिडियो प्रकरण : अधिवक्ता भन्छन्– कानुनी उपचार खोज्न असम्भव
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक युवतीले ‘सुसी खान जाने हो’ नामक टिकटक अकाउन्टमार्फत सौन्दर्य प्रतियोगिताका नाममा आफूमाथि बलात्कार भएको आरोप लगाइन् । सामाजिक सञ्जलमा केही भिडियो सेयर गर्दै उनले आफू १६ वर्षको हुँदा पटक–पटक गरी करिब ६ महिनासम्म जबरजस्ती करणी भएको घटना सार्वजनिक गरिन् ।

टिकटकमा उनका भिडियोहरू छ्यापछ्याप्ती भए । सामाजिक नियमहरूको उल्लंघन गरेको भन्दै टिकटकले उनको अकाउन्ट नै डिलिट गरिदियो । तर, त्यो बेलासम्म उनका टिकटक भिडियोहरू थुप्रै प्रयोगकर्ताहरूबीच सेयर भइसकेको थियो । त्यसपछि ‘सुसी खान जाने हो डिलिटेड’ नामको टिकटक अकाउन्टबाट उनका ती भिडियोहरू पुनः सेयर हुन थाले । यति बेला विभिन्न नामबाट उनका ती भिडियो क्लिप टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा सेयर भइरहेका छन् ।

ती युवतीका अनुसार वि.सं. २०७१ मा एक सौन्दर्य प्रतियोगिताका क्रममा आयोजकले नशालु पदार्थ मिसाइएको पेयपदार्थ खुवाएर बेहोस बनाई होटेलमा लगेर जबरजस्ती करणी गरिएको थियो । प्रतियोगिताकी फर्सट रनरअप उनले ‘सक्सेस पार्टी’का लागि काठमाडौंकै एउटा होटेलमा बोलाएर जबरजस्ती करणी गरिएको आरोप लगाएकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि आरोपितले आफूसँग उनको भिडियो र नग्न फोटोहरू भएको भन्दै ‘ब्लाकमेल’ गरी ६ महिनासम्म पटक–पटक बलात्कार गरेको युवतीको भनाइ छ । आरोपितले उनका साथीबाट पनि त्यस्तो कार्य गराएको आरोप युवतीले लगाएकी छन् । युवतीका अनुसार उनी त्यति बेला १६ वर्षको थिइन् ।

यही प्रकरणमा एकजना पूर्वमिस नेपालको नाम पनि मुछिएको छ । महिला अभियन्ता समेत रहेकी ती पूर्वमिस नेपालको सामाजिक सञ्जालमा आलोजना भइरहेको छ ।

Global Ime bank

युवतीका अनुसार ती पूर्वमिस नेपाल उक्त सौन्दर्य प्रतियोगिताकी कोरियोग्राफर थिइन् । “म उहाँलाई सानैदेखि एडमायर गर्थेँ । किनभने, उहाँले यस्ता प्लेटफर्महरूमार्फत महिला अधिकारका आवाजहरू उठाउँदै आउनुभएको थियो । त्यसैले मैले उहाँलाई ममाथि भएका सबै घटनाबारे सुनाएँ । तर, उहाँले मलाई तिमी आफ्नो समस्या मलाई किन सुनाइरहेकी छौ, तिमी बलात्कृत हुनु भनेको तिम्रो समस्या हो, मलाई किन सुनाइरहेको भन्दै फोन काट्नुभयो,” युवतीले भिडियोमा भनेकी छन् ।

भिडियोमा उनले आफूमाथिका शारीरिक हिंसाका घटनाबारे बेलिविस्तार लगाएकी छन् । आफू पछिल्ला ६–७ वर्षदेखि उक्त घटनाले मानसिक रूपमा तनावमा रहेको पनि बताएकी छन् ।

उक्त भिडियोपछि पूर्वमिस नेपाल (२००२) माल्भिका सुब्बाले सामाजिक सञ्जालमा आफ्नो भनाइ राखेकी छन् । माफी मागेकी छन् । बिहीबार लामो ‘स्टाटस’ लेख्दै उनले घटनाबारे स्पष्टीकरण दिएकी हुन् ।

माल्भिकाले ती युवतीलाई सम्बोधन गर्दै लेखेकी छन्, “म एकदमै क्षमाप्रार्थी छु । कुनै बहाना होइन । मलाई सबै विस्तृत रूपमा याद छैन । तर, मलाई तिमीले मसँग ती पीडकका बारेमा कुरा गर्न खोजेको याद छ र मलाई यो पनि याद छ कि मैले तिमीलाई चाहिँदा तिम्रो साथ दिइनँ ।”

सुब्बाले पीडितलाई सहयोग नगरेर आफूले गल्ती गरेको भन्दै पीडितका तर्फबाट माफी पाउँछु भनेर पनि नसोचेको बताएकी छन्् । “त्यो बेला तिमीलाई नसुनेकोमा, तिम्रो कुरा विश्वास नगरेकोमा र तिमीलाई समर्थन नगरेकोमा म साँच्चै क्षमा माग्न चाहन्छु । तिमीलाई मसँग रिसाउने अधिकार छ र म तिम्रो घृणाको लायक पनि छु । किनभने, म हारेँ । मैले तिमीलाई त्यो बेला समर्थन नगरेर तिमीले भोगेको अन्यायमा साथ दिएको छु,” उनले लेखेकी छन् ।

यद्यपि, उनले आफूले पीडितको मुखबाट कहिल्यै बलात्कार शब्द नसुनेको र भिडियोमा भनिएको जस्तो जवाफ फर्काएको सम्झना नभएको पनि उल्लेख गरेकी छन् । ढिला भए पनि अझै पीडितलाई सहयोग गर्नका लागि आफू तयार रहेको वाचा उनले गरेकी छन् ।

सुब्बाले आफू स्वयं त्यो समयमा मानसिक तनावमा रहेकाले पीडितको कुरामा त्यति ध्यान दिन नसकेको बताएकी छन् । “यो सायद ८–९ वर्षअघिको हुनुपर्छ, जब म आफैँ तनावग्रस्त अवस्थामा थिएँ । त्यसैले उनले भनेका कुराहरू ध्यान दिएर सुनिनँ । त्यो बेला थप जानकारी लिँदा मैले अरूको कुरा सुनेको थिएँ । मैले उसको नभएर यसबारे अरूले नै भनेको कुरा विश्वास गरेछु । यो घटनापश्चात् मैले उक्त इभेन्ट र आयोजकहरू सबैसँग टाढा बस्ने निधो गरेको थिएँ,” उनी थप्छिन्, “मलाई याद छ, म डिप्रेसनसँग लडिरहेको त्यो क्षण । लगत्तै म ‘ट्रायल सेपरेसन’ (श्रीमान्–श्रीमती आपसी समझदारीमा छुट्टिएर बस्ने निर्णय, जहाँ कानुनी बाटो हुँदैन)मा थिएँ र आफैँ सहयोग खोजिरहेको थिएँ । तर, अहिले मैले महसुस गरिरहेको छु, त्यो बेला मेरो गतिविधि र मैले नगरेको गतिविधि एकदमै ठूलो गल्ती हो ।”

सुब्बाले अब केही समयका लागि लैंगिक समानता, नारीवाद, यौन दुर्व्यवहारलगायत ‘प्लेटफर्म’हरूमा सहभागी नहुने वाचा पनि गरेकी छन् ।

सामाजिक सञ्जालमा न्यायको अपिल
यति बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले पीडितका लागि न्यायको अपिल गरिरहेका छन् । पूर्वमिस नेपाल (२०१८) शृंखला खतिवडाले ट्विटरमा लेखेकी छन्, “प्रिय...म तिम्रो कथा सुनेर अन्यन्तै दुःखी भएकी छु । सक्थँे भने म त्यो समयमा फर्किएर जान चाहन्छु र तिमीलाई भन्न चाहन्छु कि तिम्रो गल्ती होइन । आफूमाथि भएको हिंसाबारे बोल्नु ठिक हो र हामी सबै तिम्रो साथमा छौँ...।”

यस्तै, मुकुन भुसाल अभिभावकहरूप्रति लक्षित गर्दै लेख्छन्, “तपाईंका नानीबाबुहरूलाई के बितिरहेको छ, समस्यामा पो छन् कि, साथीजस्तो व्यवहार गरेर बुझ्ने कोसिस गर्नुहोला...।”

रंगकर्मी तथा कलाकार लक्ष्मी बर्देवाले पीडितले न्याय पाउनुपर्ने भन्दै पीडितको चरित्रमाथि औँला ठड्याउने काम नगर्न आग्रह गरेकी छन् ।

यति बेला पीडित भनिएकी ती युवतीको पक्षमा आवाज बुलन्द हुँदै गएको छ । सामाजिक सञ्जालमा उक्त सौन्दर्य प्रतियोगिताका आयोजक, फोटोपत्रकार र सुब्बाको आलोचना चुलिँदो छ ।

कानुनी उपचार 
अधिवक्ता सुजन पन्तको भनाइमा नेपालमा बलात्कारविरुद्ध कडा कानुन छ । तर, बलात्कारविरुद्धको मुद्दामा हदम्याद छ । “अपराध संहिताको दफा २१९ ले नेपालमा बलात्कार भयो भने एक वर्षको हदम्याद छ । एक वर्षभित्र केस हुनुपर्छ भन्ने हो । यो पाटोबाट हेर्ने हो भने यो पछिल्लो मुद्दा त करिब ७–८ वर्षको, धेरै पुरानो हो,” अधिवक्ता पन्त भन्छन्, “अझ त्यो बेला त यो केसमा तीन महिनाको मात्रै हदम्याद थियो कि ! पछि ६ महिना भयो र अहिले नयाँ कानुनले एक वर्षको हदम्याद दिएको हो । त्यो भनेको एकदमै फ्रलेक्जिबल हो ।”

यस हिसाबले हेर्ने हो भने यो विषय कानुनी उपचारमा जान गाह्रो भएको उनी बताउँछन् ।

अर्का अधिवक्ता राधिका खतिवडाको भनाइ पनि पन्तसँग मिल्दोजुल्दो छ । “कानुनी व्यवस्था हेर्ने हो भने एक वर्षको हदम्याद छ । पीडितले बलात्कृत भएको एक वर्षभित्र उजुरी दिनुपर्नेछ । तर, यो केसमा लामो समय भइसकेको छ । त्यसमाथि पीडितले प्रमाणहरू पनि नष्ट गरिसकेको बताइरहनुभएको छ । त्यसकारण कानुनी उपचार खोज्न असम्भव नै छ,” उनी भन्छिन्, “यदि, घटना नाबालिगमा भयो र पीडितले बालिग भएपछि मात्रै उजुरी दिन्छु भन्ने सोच्छ भने पनि ऊ बालिग भएको एक वर्षभित्र उजुरी दिने व्यवस्था छ ।”

यता, नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले पीडित भनिएकी युवती अहिलेसम्म प्रहरीको सम्पर्कमा नआएको बताएका छन् । उनले बाह्रखरीसित भने, “अहिले पीडित नै हाम्रो सम्पर्कमा आउनुभएको छैन । त्यसैले हामीले अहिले नै यसमा के हुन्छ भनेर भन्न सक्दैनौँ, किनभने कानुनी दायरामा नआएसम्म हामीले केही गर्न सक्दैनौँ । तर, हामी सम्पर्क गर्न खोजिरहेका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय