site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गभर्नर भन्छन्– ब्याजदर अझै बढ्छ, त्यसका लागि सबै तयार हुनुस्  
SkywellSkywell

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा ब्याजदर अझै वृद्धि हुने भन्दै त्यसका लागि सबै क्षेत्रलाई तयार रहन आग्रह गरेका छन् ।

चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान)ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा बुधबार गभर्नर अधिकारीले नीतिगत ब्याजदर नै थप बढाउनुपर्ने अवस्था देखिएको भन्दै ब्याजदर वृद्धिको सामनाका लागि तयार रहन सबै क्षेत्रलाई आग्रह गरे ।

Dabur Nepal
NIC Asia

वर्तमान परिस्थितिले नै ब्याजदर वृद्धिको ‘डिमान्ड’ गरिरहेको उनले दाबी गरे । “प्रणालीमा तरलता अभाव भयो, त्यसले ब्याजदरमा असर गर्‍यो । त्यही पनि ब्याजदर कोभिड अगाडिको भन्दा धेरै माथि गएको छैन । तर, परिस्थितिले भने ब्याजदर अहिलेको भन्दा माथि जानुपर्छ भन्ने डिमान्ड गरिरहेको छ,” उनले भने, “मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दा नीतिगत ब्याजदर २ प्रतिशतले बढायौँ । तर, अझै पनि शोधनान्तर घाटा यसरी नै बढ्ने हो भने त्यो पनि पर्याप्त छैन कि ! नीतिगत ब्याजदर बढाउने विषयमा थप सोच्नुपर्ने स्थिति हुनसक्छ ।”

उनले अर्थतन्त्र र बाह्य क्षेत्रमा देखिएको समस्या समाधान गर्र्ने औजार भनेकौँ ब्याजदर वृद्धि भएको बताए । “हाम्रो मुख्य औजार भनेकै नीतिगत ब्याजदर हो । तत्कालका लागि आयातमा प्रतिबन्ध लगाउने र एलसीमा नगद मार्जिन राख्नेजस्ता केही अस्थायी औजारको प्रयोग गरेका छौँ,” उनले भने, “ यी औजारहरु भनेको सीमित अवधिका लागि हुन्, सधैँको लागि होइन । हामीले प्रयोग गर्ने प्रमुख मौद्रिक औजार भनेको नीतिगत ब्याजदर नै हो । नीतिगत निर्णय गर्दा ब्याजदरलाई हेर्नैपर्ने हुन्छ, त्यसले बजारमा ब्याजदर थप बढ्न सक्छ ।  त्यसका लागि सबै समुदाय तयार रहनैपर्छ ।”

गभर्नर अधिकारीले अर्थततन्त्र जोगाउनका लागि पनि अहिले ब्याजदर वृद्धि आवश्यक रहेको  बताए ।  “अर्थतन्त्र रह्यो भने मात्रै त्यहाँभित्र हामी रहने हो । त्यहाँभित्र व्यापारीले व्यापार र उद्योगीले उद्योग गर्ने हो । अर्थतन्त्र नै रहेन भने के गर्ने ? अहिले अर्थतन्त्र कसरी जोगाउने त्यतातिर सोच्नुपर्छ,” उनले भने, “परिस्थितिले नै ब्याजदर बढाउन माग गरिरहेको छ । ब्याजदर थप वृद्धि हुन्छ, त्यसका लागि सबै तयार रहनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu