site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दबंग टुरका लागि सलमानले कति लिँदैछन् पारिश्रमिक ? 

काठमाडाैं । बलिउड अभिनेता सलमान खान चाँडै नै नेपाल आउने भएका छन् । उनी जेठ १४ मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि नेपाल आउन लागेका हुन् । 

ओडीसी इन्टटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा सलमानलगायत बलिउड कलाकारहरु सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नानडिज, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मालगायत टिम नेपाल आउन लागेको हो । सलमान नेपाल आउने भएसँगै उनको पारिश्रमिक कति होला ? उनी कति दिनका लागि नेपाल आउँदै छन् र के–के गर्दैछन् भन्ने सबैको चासोको विषय बनेको छ । कानुनी झमेलामा फसेकाका कारण ज्याकलिन नेपाल आउने हुन वा होइनन् भन्ने धेरैको आशंका छ । 

आयोजक ओडीसी प्रमुख सिमान्त गुरुङका अनुसार सलमानलाई ३ करोड भारतीय पारिश्रमिकमा नेपाल ल्याउन लागिएको हो । “सलमान खानलाई हामीले भारु ३ करोड पारिश्रमिक दिएका छौं  । अहिलेसम्म सबै कलाकारका लागि जम्मा भारु ६ करोडको अनुमान गरेका छौं ।” ६ करोडमा बाँकी ३ करोड भने अन्य कलाकारहरूको पारिश्रमिक हो । उनका अनुसार सलमान लगायत बलिउड कलाकारहरुलाई पारिश्रमिक पनि पठाइसकेको छ ।

सलमानले समय दिएमा ‘माउण्टेन फ्लाइट’मार्फत सगरमाथा अवलोकन गराउने तयारी पनि आयोजकको छ । “हाम्रो इभेन्ट २८ तारिखमा छ । उहाँको नेपाल बसाई तीन दिन रहनेछ । २७ तारिखमा बिहान नेपाल आउनुहुन्छ । २९ तारिखमा फर्किनुहुन्छ । यदि उहाँ २६ तारिखमा आउनु भयो भने ‘माउण्टेन फ्लाइट को योजना पनि छ । यदि २७ मा मात्रै आउनु भयो भने लुम्बिनी भ्रमण र एकदिन प्रायोजकहरुसँग ‘मिट एन्ड ग्रिट’ को कार्यक्रम छ,” ओडिसी प्रमुख गुरुङले बताए । 
 
सलमान लगायत टिम नेपाल आउँदा सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

बुधबार भएको पत्रकार सम्मेललनमा सलमानसँग भिडियोवार्ता गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले पनि माउन्टेन फ्लाइटका लागि सलमानलाई निम्तो दिइसकेका छन् । सलमानको ‘दबंग टुर रिलोडेड’ को निर्देशन, स्क्रिप्ट र व्यवस्थापन उनकै भाइ सोहेल खानको सोहेलखान इन्टरटेन्मेन्टले गरेको छ । 

दशरथ रंगशालामा हुने कार्यक्रमका लागि ब्रोन्ज टिकट ५ हजार, सिल्भर टिकट १० हजार, गोल्ड टिकट १५ हजार र प्लेटिनम टिकट २५ हजार रूपैयाँ तोकिएको छ । जुन चाँडै नै डिजिटल वालेटमार्फत बिक्री खुला गरिने आयोजकले जानकारी दियो ।

सलमान खानलाई सगरमाथाको हवाई सफर गराउने मन्त्री आलेको रहर

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro