site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सबैखाले जलनका घाइतेको निःशुल्क उपचारमा सरकार किन तयार छैन ?
फाइल तस्बिर

काठमाडौं । आइतबार साँझ भक्तपुर सूर्यविनायक–४ की ५५ वर्षीय महिलामाथि आफ्नै श्रीमानले घातक रसायन प्रहार गरी गम्भीर घाइते बनाए । 

मंगलबार म्याग्दीको मालिका–५ का २६ वर्षीय एक युवकको जंगलमा आँगो निभाउने क्रममा जलेर मृत्यु भयो । 

पछिल्लोसमय घातक रसायन तथा एसिड आक्रमण तथा आँगोका विभिन्न स्रोतबाट हुने यस्तै जलनका घटना बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । 

नेपालमा वर्षेनी घाइते हुने कारणमध्ये जलनका घटना दोस्रो कारण हुन् । तर, जलनका घटना नियन्त्रणबारे न समुदायस्तरमा पर्याप्त चर्चा गरिन्छ न घाइतेको उपचारका लागि सरकारले पर्याप्त स्रोत साधन नै व्यवस्था गरेको देखिन्छ ।

यस्तो छ तथ्यांक 

विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी एक करोड १० मानिसमा विभिन्न कारणले जलन हुने गरेको छ । तीमध्ये तीन लाख ५० हजारको मृत्यु हुने गरेको छ । 

जसमध्ये ९५ प्रतिशत घटना न्यून तथा मध्यम आय भएका मुलुकमा हुने गर्छन् त्यसमा पनि एक तिहाइ जलनका घटना दक्षिण एसियाली मुलुकमा हुने गरेको संगठनको तथ्यांक छ । 

नेपाल जलनका घटनाको इपिसेन्टरको रूपमा रहेको विज्ञ बताउँछन् । जलेका घाइतेको उपचारका लागि सञ्चालित कीर्तिपुर अस्पतालमा मात्रै वार्षिक ६ सयजना अस्पताल भर्ना हुने गरेका छन् । 

तीमध्ये २० प्रतिशत घाइतेको मृत्यु हुने गरेको अस्पतालको तथ्यांक छ । बाँकी ८० प्रतिशतमा पनि मेजर बर्न (शरीरको २० प्रतिशतभन्दा बढी भाग जलेको) भएको अवस्थामा अन्य अंगमा पनि असर गरी अपांगता हुनसक्ने सम्भावना रहने अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मी बताउँछन् ।  

प्राथमिक उपचार नपाएरै अवस्था गम्भीर 

आगो वा तापयुक्त पदार्थले पोलेको भागबाट मानिसको शरीरलाई चाहिने तरल पदार्थ नास हुँदै जान्छ । जसका कारण छालाको बाहिरी तह हुँदै भित्रसम्मको भाग सुख्खा हुन पुग्छ र बिरामी जटिल अवस्थामा पुग्न सक्छ । 

त्यस्तै, भित्रैसम्म जलेमा अत्यधिक रक्तश्राव भई मुटु, मस्तिष्क तथा अन्य संवेदनशील अंगमा असर पर्न जान्छ । जलेको व्यक्तिको शरीरमा सादा पानी र जीवनजल पनी पियाएर वा स्लाइनमार्फत् २४ घन्टामा १० लिटर पानी दिनुपर्ने हुन्छ । 

तर, समुदायमा यसबारे सचेतना र सबै क्षेत्रमा प्राथमिक उपचार केन्द्रको पहुँच नहुँदा  पाँच दिनसम्म घाइतेले पानी नपाई अस्पताल आइपुग्ने गरेका छन् । 

यसरी जलन भएको लामो समय शरीर सुख्खा हुँदा उनीहरूमा थप जटिलता थपिने र अपांगता हुने सम्भावना बढ्ने  डा. नकर्मी बताउँछन् । 

गम्भीर अवस्था नहोस् भनेर  अस्पताल  नपुर्‍याउँदासम्म एम्बुलेन्समा पनि प्राथमिक उपचार गराइरहनुपर्ने डा. नकर्मी बताउँछन् । तर, सरकारको निर्देशिकाअनुसार एम्बुलेन्समा औषधि, उपकरण तथा जनशक्ति नहुँदा घाइते गम्भीर हुने तथा कतिपयकोे बाटोमै मृत्युसमेत हुने गरेको छ । 

एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका, २०७७ मा एम्बुलेन्सहरूको वर्गीकरण गरिएको छ । जसअनुसार ‘क’ र ‘ख’ वर्गका एम्बुलेन्समा  हेल्थ असिस्टेन्ट वा स्टाफ नर्ससहित चारजना, ‘ग’ वर्गको एम्बुलेन्समा अहेव वा अनमीसहित चारजना तथा एयर एम्बुलेन्समा स्टाफ नर्स वा हेल्थ असिस्टेन्टसहित चार जनाको टिम हुनपर्ने व्यवस्था छ । 

तर, अहिले सञ्चालन भइरहेका अधिकांश एम्बुलेन्समा यो मापदण्ड पूरा भएको पाइँदैन ।  

सीमित उपचार सेवा 

सामान्य जलनको उपचार स्थानीय तह तथा जिल्ला अस्पतालमा भए पनि गम्भीर जलनको उपचारका लागि काठमाडौं आइपुग्नुपर्ने अवस्था छ । एक सय शैयामाथिका अस्पतालमा १० शैया जलनका बिरामीका लागि छुट्याउने तथा प्रत्येक स्थानीय तहमा बर्न सेन्टर स्थापना गर्ने भनिए पनि सरकारको सो लक्ष्य पूरा हुन सकेको छैन । 

एसिड आक्रमणबाट जलन भएकाहरूको निःशुल्क उपचारका लागि लागि काठमाडौंका पाटन, त्रिवि शिक्षण, वीर र कीर्तिपुर गरी चार अस्पताल तोकिएको छ । यी अस्पतालमा पनि बर्न एक्पर्ट जलेका बिरामीको उपचार गर्ने विशेषज्ञको छुट्टै दरबन्दी छैन । 

बिरामीको बढ्दो चाप महँगो छ उपचार  

एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधी, २०७८ मा एसिड आक्रमणमा परेकाको कस्मेटिक उपचारबाहेक सबै उपचार आजीवन सरकारले व्यहोर्ने उल्लेख छ । तर, कीर्तिपुर अस्पतालको तथ्यांकले ६ सयमध्ये तीनदेखि चारजना मात्रै एसिड आक्रमणबाट जलन भएका घाइते भर्ना हुने गरेका छन् । 

त्रिवि शिक्षण अस्पतालमा बर्न केसका लागि छुट्याइएका १० शैयामा एसिड बर्न तथा अन्यखाले जलनका घाइतेको पनि उपचार भइरहेको अस्पतालका निर्देशक डा. दिनेश काफ्ले बताउँछन् । 

जलेका अधिकांश बिरामीको मृत्यु छालामा हुने संक्रमणका कारण हुने गरेको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राई बताउँछन् । गहिरो जलन भएका बिरामीको भित्रसम्मको छाला शल्याक्रिया गरेर दुई हप्ताभित्र नयाँ छाला राख्नुपर्ने हुन्छ । सामान्य डे«सिङ गरेका बिरामीको दुई हप्तासम्म नयाँ छाला राखिसक्नुपर्ने हुन्छ । 

अन्यथा संक्रमण फैलिने सम्भावना धेरै हुन्छ । ३० प्रतिशतभन्दा बढी शरीर जलेका अधिकांश बिरामी नयाँ छाला नपाएकै कारण मृत्यु हुने गरेको छ । 

जलेको छालामा संक्रमण हुन नदिन विकसित देशमा छालाको कल्चर,बनावटी छाला प्रत्यारोपण गर्ने अभ्यास छ, जुन नेपालजस्तो मुलुकका लागि आर्थिक रूपमा सम्भव नभएको डा. राई बताउँछन् । “सिल्भर ड्रेसिङ, जसले चार दिनसम्म जलेको भागलाई सुरक्षित राख्नसक्छ यो पनि महँगो उपचार पद्धति हो । त्यसैले अहिलेसम्म घाइते स्वयं र परिवारका सदस्य या आफन्तबाट छाला प्रत्यारोपण गर्नु नै नेपालको प्रमुख उपचार पद्धति हो,” डा. राई भन्छन् ।

जलनपछि हुने विभिन्नखाले अंगभंगको उपचारका लागि पनि उपचार सहज तथा खर्चमैत्री नहुँदा एसियाली मुलुकमा १८ प्रतिशतसम्म घाइते जीवनयापन गर्नुपरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । 

यो पनि 

प्राथमिक उपचार नपाउँदा अधिकांश जलेका बिरामीको मृत्यु

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro