बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
अन्तर्वार्ता प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अन्तर्वार्ता प्राथमिक उपचार नपाउँदा अधिकांश जलेका बिरामीको मृत्यु
Godraj nepal
Godraj nepal
बाह्रखरी - शुक्रबार, चैत २०, २०७७
Laxmi Bank
Laxmi Bank

नेपालमा वर्सेनि कम्तिमा ५० हजार जना आगोले जलेर घाइते हुन्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा धेरै आगोले पोलेका र त्यसपछि अन्य तापयुक्त वस्तुले पोलेर घाइते हुने गरेका छन् । यीमध्ये कति घाइतेको मृत्यु हुन्छ ? यकिन तथ्यांक छैन । कीर्तिपुर अस्पतालमा मात्रै दैनिक २३–४२ जना जलेका बिरामी आउने गरेको तथ्यांक छ । जसमा १९–४० वर्ष सम्मका व्यक्ति आगोले पोल्ने गरेको र ५–१० वर्षका अन्य तापयुक्त वस्तुले जलेर घाइते हुने गरेको अस्पतालको तथ्यांक छ । नेपालमा जलेर घाइते हुने बिरामीको उपचार र सावधानीका उपायबारे कीर्तिपुर अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईसँग बाह्रखरी सम्वाददाता अस्मिता रिजालले गरेको कुराकानी (भिडियोसहित) :
० ० ० 
आगोले जलेका बिरामीको प्राथमिक उपचार के हो ?
आगो होस् अथवा कुनै पनि तापयुक्त पदार्थले पोलेको भागबाट मानिसको शरीरलाई चाहिने तरल पदार्थ नास हुँदै जान्छ । जसकारण छालाको बाहिरी तह हुँदै भित्रसम्मको भाग सुख्खा हुनपुग्छ र बिरामी जटिल अवस्थामा पुग्नसक्छ । त्यसैले पोलेपछि एक घण्टासम्म जलेको भागमा पानीले भिजाइरहनुपर्छ र प्राथमिक उपचार केन्द्रसम्म नपुर्याउन्जेल बढीभन्दा बढी जीवनजल पानी खुवाउनुपर्छ । यसरी जलेका बिरामीका लागि निःशुल्क टोल फ्रि नम्बर १६६००१५१००० को व्यवस्था गरिएको छ । यो नम्बरमा सम्पर्क गरेर प्राथमिक उपचारका  उपायहरु अपनाउन सकिन्छ । 

आगोले पोलेका बिरामीलाई बचाउन कतिको सहज छ ?
मानिसको शरीरको २० प्रतिशत भाग जल्नुलाई मेजर बर्न भनिन्छ । यो जलनले नै शरीरका अन्य अंगहरुलाई असर गर्न थाल्छ । रोग प्रतिरोधी क्षमता नास हुँदै जान्छ । ४० प्रतिशत भाग जलेमा शरीरका अन्य भागबाट छाला लिएर पुर्न कठिन हुन्छ । छाला निकाल्न मिल्ने अंगहरु जलेमा घाइते निको हुने सम्भावना कम हुँदै जान्छ । शरीरको आधा भाग जलेमा घाइतेलाई बचाउनै कठिन हुन्छ । जलेका अधिकांस बिरामीको मृत्यु छालामा हुने संक्रमणका कारण हुन्छ । किनकी गहिरो पोलेका बिरामीको भित्रसम्मको छाला शल्यक्रिया गरेर दुई हप्ताभित्र नयाँ छाला राख्नुपर्ने हुन्छ । सामान्य डे«सिङ गरेका बिरामीको दुई हप्तासम्म नयाँ छाला राखिसक्नुपर्ने हुन्छ । अन्यथा संक्रमण फैलिने सम्भावना धेरै हुन्छ । ३० प्रतिशतभन्दा बढी शरीर जलेका अधिकांस बिरामी नयाँ छाला नपाएर नै संक्रमणका कारण मृत्यु हुने गरेको छ ।
 
नेपालमा जलेका बिरामीलाई उपचार गर्ने पद्धति के छ ? 
नेपालमा छाला बैंक र छालादानको अवधारणा अघि सारिए पनि सात वर्षमा २८ जनाले मात्रै दान गरेका छन् । बाहिरी देशमा छालाको कल्चर, बनावटी छाला प्रत्यारोपण गर्ने अभ्यास छ । जुन नेपालजस्तो मुलुकका लागि आर्थिक रुपमा सम्भव छैन । सिल्भर ड्रेसिङ, जसले चारदिनसम्म जलेको भागलाई सुरक्षित राख्नसक्छ यो पनि महंगो उपचार पद्धति हो । त्यसैले अहिलेसम्म घाइते स्वयं र परिवारका सदसय या आफन्तबाट छाला प्रत्यारोपण गर्नु नै नेपालको प्रमुख उपचार पद्धति हो । 

Agani Group

मानिसको शरीरको कुन–कुन भागको छाला प्रत्यारोपण गर्न मिल्छ ? 
वयस्क मानिसको तीघ्राको चार भागको तीनभाग छाला निकालेर बिरामीलाई दिन मिल्छ । नेपालमा जलेका बालबालिकामा यो विधी प्रभावकारी भएको पाइएको छ । बिरामी स्वयं  तथा परिवार अथवा आफन्तले दान गरेको भागबाट पातलो छाला निकालेर जलेको ठाउँमा प्रत्यारोपण गर्न सकिन्छ । नयाँ निकालिएको छालामा प्वाल पारेर तन्काइन्छ र जलेको भागमा प्रत्यारोपण गरिन्छ । यसरी निकालिएको ठाउँमा दुई हप्तापछि नयाँ छाला बन्छ र त्यसलाई पनि फेरि घाउमा प्रत्यारोपण गर्न सकिन्छ । संक्रमण हुन नदिनका लागि दुई हप्तासम्म मृत व्यक्तिको छाला पनि प्रयोग गर्न सकिन्छ ।

sarbottam cement

परिवारका अन्य सदस्यको छाला पनि जलेका व्यक्तिलाई दिन मिल्छ ? 
बिरामीका परिवारका अन्य सदस्य वा आफन्तको छाला जाँच गरेर बिरामीलाई दिन सकन्छि । छाला दाताको पनि शल्यक्रिया गरेर नै निकाल्नुपर्ने हुन्छ । यसरी शल्यक्रिया गर्दा अत्यधीक सक्तस्राव हुने घाउमा संक्रमण हुनसक्ने, रगतका नसाहरु बन्द हुनसक्ने जस्ता समस्या दातालाई देखिनसक्छ । यसका अलावा बिरामीको छालामा रोग प्रतिरोधी क्षमता बनिसकेपछि दोस्रो व्यक्तिको छालालाई बिरामीको शरीरले चिन्दछ र रिजेक्ट गर्न थाल्छ । त्यसैले पनि बिरामीकै अन्य भागबाट निकाल्नु सबैभन्दा उपयुक्त विधी हो । 

नेपालमा जलेका बिरामीको मृत्युदर कम गर्न के गर्नुपर्छ ?
जलेका अधिकांस बिरामीको मृत्यु प्राथमिक उपचार नपाएरै हुने गरेको लामो अनुभवले देखाएको छ । सुरुमा प्राथमिक उपचार पद्धती अपनाउनु जरुरी हुन्छ । जसमा बढीभन्दा बढी पानी दिनु नै मुख्य एवम् महत्त्वपूर्ण उपचार हो । बिरामीको पिसाब सफा नहुन्जेलसम्म प्रशस्त पानी खुवाउन या नसाबाट दिन सकेमा धेरै बिरामीलाई बचाउन सकिन्छ । त्यस्तै टाढाबाट बिरामी अस्पतालसम्म आइपुग्दासम्मको अवधिमा हुने संक्रमणले पनि धेरैको ज्यान गएको छ त्यसैले पनि कमसेकम एक पालिकामा एउटा बर्न सेन्टर स्थापना गरिनु जरुरी छ, जहाँ जलेका बिरामीको प्राथमिक उपचार होस् । यो पाटोमा सरकारले ध्यान दिने हो अहिले मृत्यु भइरहेका आधाभन्दा बढी बिरामीलाई बचाउन सकिन्छ ।  

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्