देश
काठमाडौं । हुम्लाबाट छिमेकी देश चीनको ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ । नाम्खा गाउँपालिका–६, यारीबाट ताक्लाकोट जान हिँडेका उनीहरू शनिबार साँझ हिल्सास्थित नारालेकको हिउँमा फसेका थिए ।
उनीहरू हिउँमा फसेको खबर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उनीहरूको उद्धार गरेको हो । बीओपीबाट करिब १० किलोमिटर पूर्व दक्षिणतर्फ रहेको स्थानबाट बिहीबार राति उद्धार गरी उनीहरूलाई हिल्सातर्फ ल्याइएको सशस्त्रका डीएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ २२:२१
प्रतिक्रिया दिनुहोस्