site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानले गर्‍यो क्रिकेट खेलाडीको वर्गीकरण : यस्तो छ ‘ग्रेड’
फाइल तस्बिर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष तथा महिला क्रिकेट खेलाडीको वर्गीकरण गरेको छ ।

क्यानले गरेको नयाँ वर्गीकरणमा पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख गरी ५ खेलाडीलाई समावेश गरिएको छ ।

ग्रेड ‘बी’मा करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललितनारायण राजवंशी र अनिल शाह गरी ५ खेलाडी छन् ।

यस्तै, ग्रेड ‘सी’मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल गरी चारजना छन् । ग्रेड ‘डी’मा सागर ढकाल, लोकेस बम, सहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अविनाश बोहरार मयम यादव छन् ।

क्यानले इमर्जिङ क्याटागोरीमा अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल, शुभ कंसाकार र सन्तोष यादव लाई राखेको छ ।

पुरुषतर्फ ग्रेड ‘ए’मा रहेका खेलाडीलाई मासिक एक लाख, ग्रेड ‘बी’कालाई ७० हजार, ग्रेड ‘सी’कालाई ५५ हजार, ग्रेड ‘डी’कालाई मासिक ३५ हजार र इमर्जिङ क्याटगोरीमा रहेका खेलाडीलाई मासिक २५ हजार रुपैयाँ तलब उपलब्ध गराइने क्यानले जनाएको छ ।

महिलातर्फ ग्रेड ‘ए’मा इन्दु वर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगर छन् । ग्रेड ‘बी’मा कविता जोशी र ग्रेड ‘सी’मा कविता कुँबर र सम्झना खड्का छन् । यस्तै, ग्रेड ‘डी’मा विन्दु रावल, एलिसा यदादव, साना प्रविन, रिया शर्मा, सीमाना केसी, सावित्री धामी, रोमा थापा, इश्वरी विष्ट, कृष्मा गुरुङ, मनीषा उपाध्यय छन् ।

क्यानले महिलातर्फ ग्रेड ‘ए’मा रहेकालाई मासिक ५० हजार, ग्रेड ‘बी’कालाई मासिक ३५ हजार, ग्रेड ‘सी’कालाई मासिक २५ हजार, ग्रेड ‘डी’कालाई मासिक २० हजार रुपैयाँ तलब उपलब्ध गराउनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro