देश

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४, स्थित शितलमहल चोकमा शंकास्पद अवस्थामा प्रेसर कुकर भेटिएको छ ।
स्थानीय सिर्जना पौडेलको घरअगाडि बेवारिसे अवस्थामा प्रेसर कुकर भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सडक छेउको बिजुलीको पोलसँगै प्रेसर कुकुर फेला परेको हो । सो बस्तु देखिएपछि स्थानीय त्रसित बनेका छन् ।
घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ २१:१३
प्रतिक्रिया दिनुहोस्