site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अष्ट्रेलियामा बाल यौन दुर्व्यवहारको आरोपमा नेपाली विद्यार्थीलाई १५ महिना जेल
सांकेतिक तस्बिर

सिड्नी । अस्ट्रेलियाको पर्थमा बसेर उच्च अध्ययन गरिरहेका एक नेपाली विद्यार्थीलाई बाल यौन दुर्व्यवहारको आरोपमा १५ महिना जेल सजाय सुनाइएको छ।

स्थानीय अदालतका न्यायाधीश एलन सेफ्टनले नेपाली विद्यार्थी प्रतीकलाई बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गर्दै उक्त सजाय सुनाएका हुन् । 

चाइल्डकेयर सेन्टरमा कार्यरत २२ वर्षीय प्रतीकले कामका दौरान अन्य कर्मचारीकै उपस्थितिमा  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । पीडित बालिकाले आफ्नी आमालाई सो कुराको जानकारी दिएपछि उनलाई पक्राउ गरी अदालतमा प्रस्तुत गरिएको थियो । शारीरिक असहजताका कारण बालिका डराउने गरेको पनि बयानमा उल्लेख छ।

Argakhachi Cement Island Ad

सुनुवाइका क्रममा भट्टराईले सुरुआतमा आफ्नो बचाउ गरेका थिए । अदालतले यस घटनाका कारण बालिका र उनको परिवारलाई  मानसिक आघात पुगेको जनाएको छ ।

न्यायाधीश सेफ्टनले प्रतीकको अपराध ‘निर्लज्ज’ रहेको भन्दै उनको कामको जिम्मेवारी र परिवारको विश्वासको गम्भीर उल्लंघन भएको ठहर गर्दै फैसला सुनाएको हो । चाइल्डकेयरसम्बन्धी अध्ययन गरिरहेका प्रतीक विद्यार्थी भिसामा रहेका थिए । सम्भवतः उनको जेल सजाय पूरा भएपछि प्रतिकलाई नेपाल फर्काउने देखिन्छ । 

कैयाैँ नेपाली विद्यार्थी यहाँको जीवनशैली र संवेदनशीलता नबुझेका कारण पनि कानुनी झमेलामा फसेका देखिन्छन् । 

बालबालिका र वृद्धाहरूको सवालमा अस्ट्रेलियाको कानुन निकै कठोर रहेको छ । नेपालीहरू आफ्नै देशमा झैँ काममा खेलाँची गर्ने, जिस्किने अनि पेसागत मर्यादाभित्र नरहँदा कानुनी झमेलामा फस्ने गरेका छन् । 

प्रतीकको सवालमा दोषी ठहर भए पनि यहाँको बालबालिकाप्रतिको पेसागत सम्मान र मर्यादित बन्न नसकेको हो कि भन्ने आशंका गर्न सकिन्छ । 

नेपालमा झैँ ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भनेर हातपातमा उत्रने कैयाैँ नेपाली युवा यतिबेला अस्ट्रेलियाको कानुनको फन्दामा परेको बग्रेल्ती उदाहरण समेत छन् । 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्