देश

काठमाडौं । काठमाडौं उपत्यकासहित वरिपरिको क्षेत्रमा वर्षा भएको छ । मौसमविद् गोविन्द झाका अनुसार अझै एक डेढ घण्टा हल्का वर्षाको सम्भावना कायमै छ ।
पश्चिमतर्फबाट पूर्वतर्फ मौसम प्रणाली सर्ने क्रम रहेको र अहिले उपत्यकामा प्रणाली सक्रिय रहेकाले वर्षा भएको उनले जानकारी दिए ।
उनका अनुसार भोलि होलीको दिनमा पनि अपराह्नपछि सामान्य वर्षाको सम्भावना छ ।
“आज जत्तिकै वर्षा हुने सम्भावना कायमै छ,” उनले बाह्रखरीसँग भने, “आजको वर्षा केही समयमा कम हुनेछ भने भोलि पनि सम्भावना कायमै छ ।”
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१ २१:०३
प्रतिक्रिया दिनुहोस्