
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १७.२८ अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ०.६३ प्रतिशत बढेर २७३६.४८ विन्दुमा बन्द भएको हो । आज आठ अर्ब २३ करोड ५२ लाख रुपैयाँमा सेयर खरिद–बिक्री भएको छ ।
पछिल्ला सात कारोबार दिनमा नेप्से १७१ अंकले घटेको थियो । आठ कारोबार दिनअघिको नेप्से परिसूचक २८९० विन्दुमा थियो । तर, बजार निरन्तर सात कारोबार दिन घट्यो ।
आज कारोबारमा आएका १३ समूहको परिसूचकमध्ये विकास बैंक र माइक्रोफाइनान्स समूहको परिसूचक घटेको छ । बाँकी ११ समूहको परिसूचक बढेको छ ।
यस दिन १४६ कम्पनीको सेयर मूल्य बढेको छ । ८८ कम्पनीको सेयर मूल्य घटेकार छ । १० कम्पनीको सेयर मूल्य स्थिर छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.७९ प्रतिशतले वृद्धि भएको छ । प्रभु इन्स्योरेन्सको सेयर मूल्य ७.८९ प्रतिशतले वृद्धि भएको छ ।