site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्री नै नआएपछि प्रतिनिधिसभा बैठक स्थगित 
फाइल तस्बिर ।

काठमाडौं । बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । मन्त्रीहरूको उपस्थिति नभएपछि बैठक स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको बताएका थिए । उनले मन्त्री उपस्थित नभकाले बैठक स्थगित गर्न माग गरे ।

“सरकारले सदनलाई हेपिरहेको छ, जनप्रतिनिधिलाई हेपिरहेको छ । हाम्रो अभ्यास सरकार मानिरहेको छैन,” उनले भने । 

उनले सरकारको उपस्थितिबिना बैठक नचल्ने नियमावलीको व्यवस्था स्मरण गराए । “यतिखेर सरकारको प्रतिनिधिसभामा कोही पनि छैनन् । समिति, उपसमितिमा सरकार उपस्थित हुँदैन । सरकार नभई बैठक चल्दैन, नियमावलीको व्यवस्था अनुसार तुरुन्त बन्द गरियोस्,” उनले भने ।

त्यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro