site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशबाट ल्याइए १६ वर्षदेखि फरार हत्या आरोपी (भिडियोसहित)
SkywellSkywell

पोखरा । पारस्परिकताको आधारमा सुपुर्दगी गर्ने सिद्धान्त पहिलोपटक प्रयोग गर्दै १६ वर्षदेखि फरार अभियुक्तलाई कास्की प्रहरीले विदेशबाट नेपाल झिकाएर सार्वजनिक गरेको छ ।  'Reciprocity as the basis of extradition' भनिने यो सिद्धान्तअनुसार अपराध गरी देशबाहिर लुकेको अभियुक्तलाई सोही प्रकृतिको मुद्दामा सम्बन्धित देशलाई सहयोग गर्ने शर्तसहित स्वदेश फर्काउन सहयोग मागिन्छ ।

कास्की प्रहरीले हत्या आरोप लागेर बहराइनमा लुक्दै आएका आरोपीलाई सोही सिद्धान्तको आधारमा ल्याएको र यो प्रक्रियाबाट देशमा नै पहिलोपटक अभियुक्त झिकाएको जनाएको छ ।

नेपालको परराष्ट्र नीति २०७७ मा पनि सीमापार अपराध विरुद्ध द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

KFC Island Ad
NIC Asia

यसरी १६ वर्षअघि हत्या गरेर फरार भएका आरोपीलाई विदेशबाट झिकाउनुलाई कास्की प्रहरीले ठुलो सफलता मानेको छ ।

के हो घटना ?

Royal Enfield Island Ad

घटना २०६३ वैशाख २९ गतेको हो । रोजन राई पोखरामा काम खोज्दै मजदुरी गर्थे । सुनसरी धरानका उनी तत्कालीन लेखनाथ नगरपालिका १३ सात मुहानेमा रहेको खुदीखोलामा उनले ग्याबिन तारमा ढुङ्गा भर्ने काम पाए । सदाझैँ उनी त्यस दिन पनि ग्याबिन भर्न गए ।

तर, मजदुरीमा गएका २० वर्षीय राईलाई पोखरा ३२ सातमुहानेमा नै बस्ने ३० वर्षका अशोक गुरुङले कुटपिट गरे । मादकपदार्थ सेवन गरेका गुरुङले “रोजनलाई तेरो घर कहाँ छ ? के काम गर्छस् ? को हो ? भन्दै गालामा एक थप्पड हाने । कुटाइबाट भाग्न उनी त्यहाँबाट निस्केर सिसुवातर्फ लागे । त्यसपछि पनि गुरुङले लखेट्न छाडेनन् । केही पर पुगिसकेपछि केही हल्ला भएको सुनियो । त्यहाँ पुगेर हेर्दा उनले राईको टाउकोमासमेत चोट लागेको देखियो,” कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै घटनाबारे जानकारी दिए । 

कुटपिटबाट उनको दायाँ हातको कुम र पाखुराको छाला खुइलियो । टाउकोको देब्रे भागमा १३ वटा टाँका नै लगाउनुपर्‍यो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राईको ०६३ जेठ २ गते निधन भयो ।

राईका परिवारका कोही आफन्त सम्पर्कमा थिएनन् ।

यता पोखराका स्थानीय गुरुङ चाहिँ उक्त घटनापछि भागेर काठमाडौं पुगे । तीन महिनासम्म उनी काठमाडौंमा नै होटल चहार्दै बसे । घरका र चिनजानका मान्छेबाहेक उनी कसैको सम्पर्कमा पनि आएनन् ।

कास्की प्रहरीकाअनुसार तीन महिना काठमाडौं बसेपछि उनी राती २ बजे पोखरा आए । प्रहरीलाई छलेर उनी पोखराबाट १० लाख रुपैयाँ लिएर भारत हुँदै कुवेत भागे । दुई वर्ष कुवेत बसेर नेपाल फर्किएका गुरुङ काठमाडौं फर्किए ।

त्यतैबाट उनी लुक्दै, भाग्दै उनी फेरि बहराइन भाग्न सफल भए । अपराध गरेर भाग्दै, लुक्दै गरेका गुरुङ पछिल्ला ९ वर्षयता बहराइनमै थिए ।

उनी प्रहरीको खोजी सूचीमा भएतापनि उनीविरुद्ध पक्राउ अनुमति भने लिइएको थिएन ।

घटनाको १६ वर्ष बित्यो । र, त्यो १६ वर्षपछि कास्की प्रहरीले गएको भदौ ११ देखि २० गतेसम्म ‘पेन्टिङ मुद्दा फलोअप मिटिङ’ राख्यो । उक्त बैठकमा नै शंकित व्यक्तिका नागरिकता, राहदानी, तस्बिर संकलनका कार्य पनि भए । त्यही कार्यमा गुरुङका कागजात र आरोपको पनि छलफल भयो र उनको खोजी सुरु भयो, खोजी चलिरहँदा गुरुङ ९ वर्षदेखि बहराइनमा रहेको पत्ता लगायो ।

तिवारीले भने, “हामीले उनको लागि अदालतबाट पक्राउ अनुमति पनि लियौँ ।”

प्रहरीले घटनास्थलमा पुगी प्रत्यक्षदर्शी स्थानीयहरूको बयान पनि लियो । बयानमा स्थानीयहरूले भने, “अशोक गुरुङले कटुसको दाउराले रोजन राईलाई हानेका हुन् ।”

त्यसपछि कास्की प्रहरीले 'रेड नोटिस' जारी गर्ने र उनलाई स्वदेश फिर्ता ल्याउने प्रक्रिया थाल्यो । प्रहरीले उनलाई झिकाउनका लागि नै नयाँ प्रक्रिया पहिलोपटक प्रयोग गरेको हो ।

गएको असोज ७ गते पत्र लेखेर रेड नोटिस जारी गर्न इन्टरपोलमा पठाइएको तिवारीले जानकारी दिए ।

मंसिर २८ गते इन्टरपोलले रेड नोटिस जारी गर्‍यो । त्यसको तीन दिन पछि पौष १ गते नै बहराइन प्रहरीले गुरुङलाई पक्राउ गर्‍यो ।

त्यसपछि उनलाई ल्याउने प्रक्रिया सुरु भयो ।

प्रहरीले उनलाई सुपुर्दगीका लागि आवश्यक कागजात इन्टरपोलमा पठायो । 

नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौंको टोलीले एनसीबी बहराइनसँग समन्वय गरि गुरुङलाई फागुन २४ गते काठमाडौं ल्यायो । गुरुङमाथि बुधबार अनुसन्धानका लागि एक हप्ताको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए ।

१६ वर्षअघिको घटनाको फाइललाई पुनः अनुसन्धान प्रक्रिया अघि बढाएर प्रहरी अभियुक्तसम्म पुग्यो । तर, मृतक राईको आफन्त भने सम्पर्कमा छैनन् । 

“आफन्त (मृतकका) कोको हुनुहुन्छ अझै थाहा छैन । अर्को जिल्लाबाट अर्को जिल्लामा काम गर्न आएकाले पनि पहिचान गर्न गाह्रो भइरहेको छ । मृतक राईको ठेगानासमेत तत्कालीन समयको मुचुल्काका आधारमा मात्रै पत्ता लागेको छ । घटना एकदमै पुरानो हो । अहिले हामी सम्बन्धित ठाउँका प्रहरी, प्रशासनसँग समन्वय गरेर मृतकका आफन्त पहिचान गर्ने प्रयासमा छौँ,” उनले भने ।

गुरुङलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (१) अनुसारको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको छ । यो कसुर पुष्टि भएमा उपदफा २ बमोजिम जन्मकैदको सजाय हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro