पोखरा । नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा एजना चिनियाँ नागरिकलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
३३ वर्षका चिनियाँ नागरिक ली झियुआनले विवाह गर्छु भनी १८ वर्षीय नाबालिकलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।
कास्की प्रहरीले गत माघ २४ गते उक्त घटनाबारे जानकारी पाएको थियो ।
उनले पछिल्लोपटक माघ २ गते राती ८ बजे पीडितको डेरामा नै गएर जबरजस्ती करणी गरेको पाइएको प्रहरीले जनाएको छ ।
नाबालिकका तर्फबाट पीडितका आमाले जाहेरी दिएपछि सोही दिन नै झियुआनलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । झियुआनलाई कास्की प्रहरीले फागुन १५ गते सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
उनीमाथि मुलुकी अपराध सहिता २०७४ को दफा २१९ (३) बमोजिम कैद सजायको अभियोग मागदाबी गरिएको थियो ।
ऐनको यो उपदफाअनुसार आरोप पुष्टि भएमा ७ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ ।