site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'मृगौला प्रत्यारोपणपछि प्यास मेटिनेगरी पानी पिउनु छ'
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । कलाकार पल्पसा डंगोल उर्फ चम्सुरीको गएको माघ २६ गते नै मृगौला प्रत्यारोपण हुनुपर्ने थियो । तर, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण उनको प्रत्यारोपण हुन पाएन । 

स्वास्थ्यकर्मीहरूमा पनि संक्रमण देखिएपछि शिक्षण अस्पतालले मृगौला प्रत्यारोपण सेवा केही समयका लागि स्थगित गरेको थियो । तर, स्थिति सामान्य भएपछि अहिले अस्पतालले प्रत्यारोपण सेवा सुरु गरिसकेको छ । 

योसँगै अब चम्सुरीले चाँडै मृगौला पाउँदैछिन् । प्रत्यारोपणका लागि उनले यही फागुन २६ गतेको समय पाएकी छन् ।

KFC Island Ad
NIC Asia

“माघ २६ गते गर्ने भनिएको थियो । तर स्वास्थ्यकर्मीहरूमा नै कोरोना देखिएपछि सेवा बन्द गरिएको थियो । अब यही फागुन २६ गते हुँदैछ,” उनले भनिन् ।

उनको ८ वर्षदेखि नै दुवै मृगौलामा समस्या छ । स्वास्थ्यमा जटिलता देखिएपछि उनले गत साउन महिनाभरि अस्पताल बसेर उपचार गराएकी थिइन् । 

उनलाई कानुनअनुसार उनकै रगतको नाता पर्नेले मृगौला दान गर्दैछन् । तर कसले दिन लागेको भनेर भनेबारे उनले खुलाउन चाहिनन् । 

Royal Enfield Island Ad

उनले अहिले हप्ताकै तीनपटकसम्म डायलाइसिस गराइरहेकी छन् । आफूले प्यास मेटिनेगरी पानीसमेत पिउन नपाएको उनी बताउँछिन् । अब उनी छिट्टै मृगौला पाएर प्यास मेटिनेगरी पानी पिउन चाहन्छिन् ।

“पानी प्यास लाग्छ नि ! मुख नै सुक्छ । तर औषधि खाँदा थोरै बाहेक पानी पिउन पाउँदिन । धेरै प्याकप्याक भए मुख भिजाउने मात्रै हो । अब प्रत्यारोपणपछि भने प्यास मेट्नेगरी पानी पिउन पाइन्छ,” खुसी हुँदै उनले भनिन् ।

उनले अहिले आफन्तबाट एउटा मृगौलाले पनि लामो समय बाँचिने थाहा पाएकी छन् । त्यसै उनी खुसी हुँदै भन्छिन्, “एउटा मृगौलाले पनि २०-३० वर्ष मज्जाले बाँचिने रहेछ । म अस्पताल हुँदा कति यस्ता व्यक्तिहरू भेट्न आउनुभएको थियो । मेरै एकजना आफन्त नै जन्मिदै एउटा मृगौला लिएर जन्मिनु भएको रहेछ हामीले पछि मात्रै थाहा पायौँ । त्यस्तो पनि हुने रहेछ । खानेकुरा अनि स्वास्थ्यमा हेरविचार गर्‍यो भने एउटा मृगौला भएर पनि लामो समय बाँच्न सकिने रहेछ ।”

उनले मसिंर ६ गते अस्पताल पुगेर यसका लागि आवश्यक सबै कागजपत्रको काम गरिसकेकी थिइन् । 

सबै मिलेपछि खुसी भएर उनले हालै चाबहिलस्थित आफ्नै निवासमा बुद्ध भगवानको पुजा राखेर र राधेराधेमा गएर भोजन गराएकी थिइन् ।

“प्रत्यारोपण गरेको १,२ हप्ता अस्पतालमै नर्सहरूको हेरचाहमा बस्नुपर्छ रे ! त्यो बेला आफन्तहरूपनि खासै भेट्न नपाइने रहेछ । अनि त्यसपछि त घर फर्किएर घरमा एक महिना जति आराम गर्छु र फेरि काममा फर्किन्छु,” चम्सुरीले सुनाइन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro