site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गजलसंग्रह ‘साधना’ सार्वजनिक

काठमाडौं । नेपाली गजलका क्षेत्रमा काम गर्ने गरी स्थापित गजल प्रवर्द्धन केन्द्रले पहिलो कार्यक्रम सम्पन्न गरेको छ । शनिबार (असार १) काठमाडौंमा आयोजित कार्यक्रममा ७५ गजलकारका गजल समेटिएको संयुक्त कृति ‘साधना’ विमोचन गरियो ।

कृति विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले केन्द्रको औपचारिक घोषणा पनि गरे । उनले गजल लेखनका विषयमा प्रशिक्षण दिनुका साथै गजलसंग्रहको प्रकाशन गर्ने, गजललाई संगीतबद्ध गर्नेसम्मका काममा सहयोग पुर्‍याउने उद्देश्य केन्द्रले राखेकामा खुसी व्यक्त गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केन्द्रका संरक्षक तथा बर्दघाट प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले गजल प्रवर्द्धन केन्द्रले नेपालभित्र विभिन्न भाषामा लेखिएका गजलको विस्तार र प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा डा. देवी पन्थी, डा. ठाकुरमोहन श्रेष्ठ, अरुण श्रेष्ठ, एलपी पराजुलीलगायत स्रष्टाले गजल प्रवर्द्धन केन्द्रका बारेमा चर्चा गरे ।

त्यस अवसरमा संगीतकार सन्तोष श्रेष्ठ, गायिका पूजन मिश्र, किशोर कोइराला, टीका सुदीश निरौला, अरुण खड्का, शर्मिला तिमल्सिना, सुधीर थापा, उत्तम विचार, वासुदेव ठकुरी, कल्पना भट्टराई, संगीता खरेल, राजेन्द्रकुमार बज्राचार्यलगायत स्रष्टाले गजलवाचन गरे ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्