site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इम्युन रोग एवम् बाल–बाथजन्य विज्ञानका नेपालमा एकमात्र विशेषज्ञ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । इम्युनोलोजी (रोग प्रतिरक्षा विज्ञान) एवम् हर्युमाटोलोजी (बाथजन्य विज्ञान) महत्वपूर्ण चिकित्सा विधा हो । 

जसमा अति महत्वपूर्ण तत्कालिन तथा जटिल एवं विशेष दीर्घरोगको निदान एवम् उपचार हुन्छ I युरोप, अमेरिकी मुलुकहरु तथा छिमेकी मुलुक भारतमा समेत विकसित भैसकेको यो विषयको सचेतना नेपालमा भने सरकारी र निजी दुवै क्षेत्रमा शुन्यप्राय: छ I 
हालै यही‘इम्युनोलोजी (रोग प्रतिरक्षा विज्ञान), एवं पेडीयाट्रिक र्ह्युमाटोलोजी (बाथजन्य विज्ञान’ विषयमा नेपाली बाल-रोग विज्ञ डा. धर्मागत भट्टराईले छात्रवृतिमा विद्यावारिधि अध्ययन सम्पन्न गरी फर्केका छन् I 

उनी यो विषयको विशेष-विज्ञता हुने तथा यो विषयमा डाक्टरेट (डीएम) गर्ने पहिलो र एकमात्र नेपाली चिकित्सक हुन् I 

KFC Island Ad
Dabur Nepal
NIC Asia

दक्षिण एसियामा ‘पीजीआईएमईआर (Postgraduate Institute of Medical Education & Research) चन्डीगढ़’मा पढाई हुने यो विधामा यो उपाधि पाउने भट्टराई भारतमा नवौं चिकित्सक हुन् I चितवनको प्रभात माविबाट एसएलसी र काठमान्डौबाट प्लस टु सकेका डा. भट्टराई छात्रवृत्तिमै कलकत्ता युनिभर्सिटीबाट एमबिबिएस, अनि चन्डीगढस्थित उच्च चिकित्सा अध्ययन संस्थान ‘पिजिआईएमईआर’बाट एमडी एवं डीएम सम्पन्न गरेका हुन् I उनले प्राथमिक देखि विद्यावारिधि सम्मको अध्ययन सबै छात्रवृतिमा पढेका हुन् I 

उनी हाल अन्तर्राष्ट्रिय उच्चतम इम्युनोलोजी संस्था ‘ESID’ र ‘APSID’ का लागि एकमात्र नेपालका वैज्ञानिक प्रतिनिधि पनि हुन् I 
नेपालमा नयाँ चिकित्सा विधा विकास गर्ने अभिलाषा बोकेर विद्यावारिधिपछि स्वदेश फर्केका भट्टराई नेपालमै छन् I जुनसुकै नविनतम विज्ञानमा झैं यस विषयमा पनि नेपाललगायत थुप्रै अविकसित देशमा जनमानसमा र चिकित्सकमा समेत सचेतनाको अभाव रहेको भट्टराई बताउँछन् I सरकारको चासो नहुनु, विज्ञको अभाव, प्रयोगशालाको अभाव अनि उपचारका कतिपय मोडालिटी नहुँदा चुनौती रहेको उनी बताउँछन् I 

Royal Enfield Island Ad

इम्युनोलोजी हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीको विकास, त्यसलाई जरुरी हुने तत्व, प्रणाली, त्यसका जन्मजात या त्यसपछि हुने गडबडीको समस्टिगत विज्ञान हो I विज्ञानको विकासको पछिल्लो समयमा इम्युनोलोजी एवं जेनेटिक्स सबभन्दा बढी आशा बोकेका, चर्चित एवं परिणाम दिने विज्ञान हुन् I 

क्लिनिकल इम्युनोलोजीमा इम्युनिटी विकास र सुरक्षा, जन्मिदा (बंशाणुगत) या पछि हुने इम्युनिटी-कमीका रोग, इम्युन असन्तुलन, गडबडी, एलर्जी,बढी सेन्सिटिभिटी (जस्तै छाला र तन्तुको), स्वप्रतिरक्षित (autoimmune) बिमारी, एचआईभी/एड्स (HIV/AIDS) आदि बिरामीहरूको गहिराइमा कारण खोज्ने, निदान एवं उपचार गर्ने गरिन्छ I यसमा मुख र रक्तनली बाट दिने औषधि साथै बोन म्यारो प्रत्यारोपण, जिन थेरापी, खोप विकास अनुसन्धान जस्ता थुप्रै पद्दति पनि समाहित हुन्छन् I 

र्ह्युमाटोलोजी (बाथजन्य बिज्ञान) इम्युनिटीको कुनै हिस्सा या अवयवको अस्वभाविक प्रस्तुति र असन्तुलनले गर्दा हुने जोर्नी, रक्तनली, छाला, आँखा, रगत, आन्तरिक अङ्ग आदिमा हुने जटिल बहुआंगिक या बहुप्रणालीगत तत्कालिन एवं दिर्घकालीन रोगको कारण निदान एवं उपचारको चिकित्सा विधा हो I यसमा दीर्घ रक्तरोग, जोर्नी रोग, तन्तुरोग, रक्तनलीको सुजन, बढी इन्फ्लेमेशनको रोगहरु आदि तमाम रोग पर्छन् I अधिकांशत: लामो समय उपचार चाहिने यी रोग कस्ता हुन् भने सही तरिकाले उपचार भए र सही तरिकाले औषधी प्रयोग र फलो अप गरिए निको या पूर्ण नियन्त्रणमा आउँछन् भने उपचार नभएमा अंगभंग हुने या थलिने या ज्यानै जाने सम्म हुन उनी बताउँछन् ।

इम्युनोलोजिस्ट डा. भट्टराईका अनुसार हाम्रो देशमा प्रथमत: इम्युन-कमी एवं बाथ-जन्य रोग भ्रम हटाउन जरुरी छ I अधिकांश इम्युन कमी रोग जन्मजात हुन्छन् तर ती प्रस्तुत हुने उमेर फरक हुन्छन् I कुपोषण, वाताबरण, जीवजीवाणुको प्रभावजस्ता थुप्रै कारणले जन्मपश्चात पनि इम्युन कमी हुन्छन् I एचआईभी इम्युन कमीको यस्तै एउटा कारण हो I बाहिरी रुप र आंगिक रुपले ठीकठाक लाग्दैमा बच्चा इम्युन-हिसाबले चुस्त नहुन सक्ने उनको बुझाइ छ I इम्युन कमीका रोगलाई सामान्य लिन नहुने र निदान नभएमा कालान्तरमा यसले ज्यान जान सक्ने उनी बताउँछन् I 

त्यस्तै बाथ-जन्य रोगको बारेमा त झन् अति घातक भ्रम व्याप्त छन् I अधिकांश बिरामीमा अन्धाधुन्ध गलत तरिकाले गलत अवधिलाई स्टेरोइड दिएको देखिन्छ, जुन गलत हो I 

बच्चामा पनि बयस्कमा जस्तै र अझ गम्भीर बाथ र बाथजन्य रोग हुन्छन् भन्ने बुझ्नैपर्छ I बाथजन्य रोग भनेका जोर्नीका मात्र बिमारमात्र होइनन् I खास बाथजन्य रोग अधिकांशत: थुप्रै अङ्ग र प्रणालीमा असर पार्ने खालका हुन्छन् I जोर्नीलाई पटक्कै केही असर नगरेका रोग पनि बाथजन्य रोग हुन सक्छन् I बाथरोग सधैं दिर्घरोग हुन्नन् I कावासाकी, लुपस, इन्फ्लेमेटरी रोग, एम.ए.एस. जस्ता गम्भीर सघन एवं तत्कालिन खतरा भएका बाथजन्य रोगपनि हुन्छन् I लगातार ज्वरो या कुनै प्रणालीगत समस्या लामो समय भैरहने या बहुप्रणालीगत समस्यामा बाथ सोचिनुपर्छ I 

विकासको मामलामा अति पछाडि हाम्रो मुलुकमा विज्ञानको क्षेत्रमा धेरै अति महत्वपूर्ण विषय पनि प्राथमिकतामा पारिन्नन् I नेपालमा चिकित्सा-विज्ञानका नयाँ विधाहरु र प्रविधि त झन् विकास हुन अति धेरै समय लाग्ने गर्छन् I यो शायद हाम्रो नयाँ र विकसित प्रविधि एवं विज्ञान ढिलो आत्मसात गर्ने बानीले हुन सक्छ I

इम्युनोलोजी (रोग प्रतिरक्षा बिज्ञान), एवं र्ह्युमाटोलोजी (बाथजन्य बिज्ञान) संसारमा उदाउँदो र अत्यन्त सम्भावना बोकेको विषय हो I तर हाम्रो देशमा यसको न त संचेतना पर्याप्त छ, न चासो I फलस्वरूप यस विषयका बिरामी या त रोग-निदान नभई बस्न बाध्य छन्, या अपर्याप्त, अपुरो या गलत उपचार भोग्न या बिदेश जान पुगेका छन् I 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro