site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भोजपुरी कलाकार खेसरीलाल भन्छन्– मेरो कुनै गल्ती छैन, मलाई डेढ करोड चाहियो

काठमाडौं ।  सुनसरीको बर्जु गाउँपालिकामा आयोजित महोत्सवमा मंगलबार भएको आगजनी र तोडफोड घटनाबारे भोजपुरी कलाकार खेसरीलाल यादवले स्पष्टीकरण दिएका छन् । महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी कलाकार खेसरीलाल नआएपछि त्यहाँ पुगेका दर्शकले तोडफोड र आगजनी गरेका थिए ।

तोडफोडपछि विराटनगर पुगेका कलाकार खेसरीलाल फेसबुक लाइभमार्फत आफ्नो गल्ती नभएको बताएका छन् ।

Dabur Nepal
NIC Asia

“हेर्नुहोस्, यसमा न म दोषी हुँ, न जनता हुन्, न त नेपालको प्रशासन । यसमा दोषी भनेको आयोजक मात्रै हो, जसले प्रशासनबाट कार्यक्रम रद्द गर्न निर्देशन दिइसक्दा पनि मलाई जानकारी गराएन र जनतालाई टिकट बेचिरह्यो,” उनले भनेका छन् ।

आफू नेपालको बोर्डमा विहानको ७ बजेसम्म पुगिसकेको र करिब ११ बजेतिर कार्यक्रम स्थल जान खोज्दा होटलमै प्रहरी प्रशासनले रोकेको कलाकार खेसरीलाल बताउँछन् । 

बिहानदेखि कलाकार खेसरीलालको प्रस्तुति हेर्न कुरेर बसेका दर्शकहरू दिउँसो १ बजेसम्म पनि नआएपछि अक्रोशित बनेका थिए । उनीहरूले भारतीय नम्बर प्लेट भएका चारवटा स्कार्पियो जलाए भने प्रस्तुति दिन आएका कलाकारका टिमलाई कुटपिट पनि गरे । 

यी सबैमा आफ्नो करिब डेढ करोडको नोक्सानी भएको भन्दै उनले यसको क्षतिपूर्ति आयोजक टिमले दिनुपर्ने माग गरे । तर, यस्तो घटना भइसक्दा पनि आयोजक टिमसँग कुनै सम्पर्क नभएको र आफू र आफ्ना नेपाली समर्थकलाई धोका दिएको यादवले आरोप लगाएका छन् । 

आयोजक टिमले कार्यक्रममा टिकटको व्यवस्था भएको समेत नबताएको र नेपालमा कोरोनाका कारण यस्ता सभा, समारोह लगायत कार्यक्रमहरू बन्द गर्न निर्देशन दिएपनि आयोजक टोलीले उनलाई झुक्काएको उनको दाबी छ ।

यति मात्रै नभएर आयोजकले आफ्नो छवि पनि बिगारेको आरोप उनले लगाएका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro