site stats
बाह्रखरी :: Baahrakhari
देश
गोरखपुरमा दुर्घटना : कुम्भमेलाबाट फर्किएका चार नेपालीको मृत्यु, ६ जना घाइते

सप्तरी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका चारजनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । ६ जना घाइते छन् ।

उत्तर प्रदेशको गोरखपुर लिंक रोडमा गए राति भएको दुर्घटनामा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लीलावती चौधरी, कञ्चनरूप–५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका–१ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरूप–७ का वडाध्यक्ष समानन्द चौधरीले बताए ।

Argakhachi Cement Island Ad

सोही गाडीमा सवार लीलावतीका श्रीमान् कञ्चनरूप–१ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयका शिक्षक उपेन्द्रनारायण चौधरी, कञ्चनरूप–७ कै लालुदेवी यादव, कञ्चनरूप–५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाइँ र चालकसहित ६ जना घाइते भएका छन् । गोरखपुर अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

तीन मृतकका छोरा शव लिन तीन एम्बुलेन्स लिएर गोरखपुरतर्फ प्रस्थान गरेका वडाध्यक्ष चौधरीले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्