site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मदन पुरस्कार विजेता झमकको घरमै पुगेर दिइयो ‘कोसी एक्सिलेन्स अवार्ड’

काठमाडौं । प्रतिभावान् साहित्यकार झमक घिमिरेलाई ‘कोसी एक्सिलेन्स अवार्ड २०८१’ मा साहित्य विधाको अवार्ड घरमै पुगेर प्रदान गरिएको छ ।

फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथि समेत रहेका कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम तय भए पनि साहित्यकार घिमिरे स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन सकेकी थिइन् ।

उनको अवार्ड शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले ग्रहण गरेका थिए ।

तर, आइतबार साहित्यकार घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंमार्फत हस्तान्तरण गरिएको हो ।

मस्तिष्क रोगद्वारा पीडित घिमिरेको जन्म २०३७ असार २१ धनकुटाको कचिडेमा भएको थियो । गरिब परिवारमा अशक्तताका रूपमा जन्मिएकी घिमिरेको बाल्यकाल कष्टकर बितेको थियो । तर, साहित्यले नै उनको सफलताको बाटो कोर्यो ।

‘जीवन काँडा कि फूल’ कृतिमार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कार समेत पाएकी छन् ।

किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उनले २०५५ सालमा पहिलो कृति ‘संकल्प’ कविता संग्रह प्रकाशित गरिन् । त्यससँगै आफ्नै चिता अग्नि शिखातिर २०५७, मान्छे भित्रका योद्धाहरू–२०५७ र नौलो प्रतिबिम्ब–२०६५ कविता संग्रह प्रकाशित गरिन् ।

उनका एउटा क्वाँटी (विभिन्न विधा) संग्रह, (अवसान पछिको आगमन–२०५७), एउटा लेख संग्रह (सम्झनाका बाछिटाहरू–२०५७), एउटा कथा संग्रह (पर्दा, समय र मान्छेहरू–२०६२) र एउटा निबन्ध संग्रह (बेमौसमका आस्थाहरू–२०६३) प्रकाशित छन् ।

प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोसी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको थियो । जहाँ १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro