site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करण हुँदै 

काठमाडौं । कैलालीको टीकापुरमा टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करण हुने भएको छ । यही फागुन २४ देखि र २६ गतेसम्म तीनदिने ‘टीकापुर साहित्य महोत्सव, २०८१’ हुन लागेको हो ।

यो दोस्रो संस्करणलाई ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ नाम दिइएको साहित्य महोत्सवका संयोजक एवं साहित्यकार महेशविक्रम शाहले जानकारी दिए ।

महोत्सवमा २१ सत्र हुनेछ । लेखक तथा अध्येता हरि शर्माको विद्वत प्रवचनबाट थालनी हुने महोत्सवमा प्रा. डा. अभि सुवेदीका अभिव्यक्ति रहनेछ ।

महोत्सवमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह, रन्जना निरौला, सुमन वर्षा घिमिरे, प्रभा बराललगायत साहित्यकारले नेपाली आख्यानका विविध विषयमाथि बहस गर्नेछन् । विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन दर्शनका बारेमा विचार–विमर्श गर्नेछन् । 

गैरआख्यानकार तथा समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, डा. व्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति डा. अम्मरराज जोशी तथा धनन्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्ने शाहले जानकारी दिए ।

साहित्यका साथै महोत्सवमा वैकल्पिक राजनीति, स्थानीय तहमा महिलाको नेतृत्व, समाज, थारु संस्कृति, विकास, पर्यटन, दलितका मुद्दा, जीवन दर्शन, नेपाली चलचित्र तथा टीकापुरका चुनौती र अवसरलगायत विषयमा बहस गरिनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro