site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सैनिक कल्याणकारी कोषको सम्पत्ति ८७ अर्ब नाघ्यो, सात अर्बभन्दा बढी लगानी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली सेनाको ‘सैनिक कल्याणकारी कोष’को सम्पत्ति ८७ अर्ब नाघेको छ । २०३२ सालमा एक करोड २४ लाख रुपैयाँबाट सुरु गरिएको कोषमा २०८१ पुस मसान्तसम्म आइपुग्दा ८७ अर्ब एक करोड रुपैयाँ पुगेको हो ।

नेपाली सेनाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उक्त सम्पत्तिमध्ये ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा नगद मौज्दात रहेको छ । बाँकी सात अर्ब ७२ करोड ४४ लाख रुपैयाँ विभिन्न परियोजनामा लगानीको रूपमा रहेको सेनाले जनाएको छ ।

“निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राहीलक्षित कल्याणकारी कार्य तथा सार्वजनिक दायित्वहरू प्रभावित पार्ने देखिएको छ,” सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार स्वास्थ्य विज्ञान संस्थानमा दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रि–चन्द्र मिलिटरी हस्पिटलमा लगानी एक अर्ब ६० करोड ६० लाख रुपैयाँ लगानी रहेको छ ।

सैनिक कल्याणकारी कोषबाट करिब १० लाखभन्दा बढी सेवाग्राहीले सेवा तथा लाभ प्राप्त गरिरहेको जनाइएको छ ।

सेवाग्राहीहरूको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप र स्वःरोजगार तथा सुविधा र सहुलियत समेत गरी चार ‘स’ को अवधारणालाई आधार मानी कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आइएको दाबी सेनाको छ । कोषको संरक्षक प्रधानमन्त्री र सह–संरक्षक रक्षामन्त्री रहने व्यवस्था रहेको ।

कल्याणकारी कोषसम्बन्धी कार्य सञ्चालनको लागि प्रधानसेनापतिको अध्यक्षतामा अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व एवं अवकाश प्राप्त सैनिक अधिकृतहरूसहित सात सदस्यीय ‘सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति’ छ ।

सैनिक कल्याणकारी कोषको प्रमुख आयस्रोत बैंकमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने व्याज, शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम र सकलदर्जाको भत्ताबापत प्राप्त रकम कट्टा गरी जम्मा हुनआउने रकम, विद्यालय/महाविद्यालयहरूको शिक्षण शुल्क तथा अन्य विभिन्न आयमूलक कार्यहरूबाट संकलित रकम रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro