site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साझा प्रकाशनको अध्यक्षमा गिरी

ललितपुर । साझा प्रकाशनको २५औँ साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा शेखर गिरी सर्वसम्मत चयन भएका छन् । शनिबार (फागुन १०) साधारणसभाबाट अध्यक्ष र एक महिलासहित तीन सञ्चालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

प्रकाशनको सञ्चालकमा महिलातर्फ जयन्ता पोखरेल, खुलातर्फ प्रा. डा. ध्रुव घिमिरे र मनोहर लामिछाने, लेखा सुपरिवेक्षण समिति संयोजकमा वशिष्ठकुमार अधिकारी, सदस्यमा राजकुमार थापा र बसुधा पाण्डे बस्नेत निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका सदस्यसचिव भेषराज घिमिरेले जानकारी दिए ।

साधारणसभाको उद्घाटनसत्रमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले संस्थागत रूपमा निर्णय गरेर साझाका किताब सहजै बिक्री हुने व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए । नवनिर्वाचित नेतृत्वलाई साझा प्रकाशनलाई चलायमान बनाउन सक्ने क्षमता विकास गर्न सुझाव उनले दिए ।

उनले सम्पर्क मन्त्रालयका सबै कागजात छाप्ने गरी यसलाई विकास गर्न आग्रह गरे । “म पनि यो संस्थाको सदस्य हुँ, साझाप्रति मेरो हार्दिकता छ । सरकारका सबै पुस्तकालयमा साझा प्रकाशनका किताब हुनुपर्छ,” थपलियाले भने ।

उनले आमाबाबु, साहित्य र किताब कहिल्यै भूतपूर्व नहुने बताए । साहित्यको विकास र संस्कृतिको संरक्षणमा साझाले उत्कृष्ट काम गर्न सक्नुपर्ने उनले धारणा राखे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले साझा प्रकाशनको व्यवस्थापनका निम्ति सरकारसँग गम्भीरतापूर्वक कुरा गर्नुपर्ने आवश्यकता औँल्याए । “अब कार्यसमितिले व्यवस्थापकीय योजना बनाउला, अरू चार–पाँचवटा संस्थाका छपाइ आउँदा पनि साझाले धेरै उपलब्धि हासिल गर्न सक्छ । आजको उत्साह चार–पाँच वर्षसम्म रहोस्,” उनले भने, “समितिको बैठकमा विभिन्न मन्त्रालयका पदाधिकारीहरू सदस्य हुने तर केही समयमै हट्ने व्यवस्था पनि हट्नुपर्छ । सरकारले दिने पदाधिकारी पनि चार वर्षसम्म एउटै हुने व्यवस्था हुनुपर्छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  २१:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro