site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनील पोखरेल भन्छन्– गुरुकुललाई सबै प्रधानमन्त्रीले आश्वासन मात्रै दिनुभयो 
SkywellSkywell

वर्षा महर्जन । रङ्गकर्मी सुनील पोखरेलले गुरुकुललाई सबै प्रधानमन्त्रीले आश्वासन मात्रै दिएको गुनासो गरेका छन् । पटक–पटक प्रधानमन्त्रीहरुले गुरुकुलका लागि सरकारी जग्गा उपलब्ध गराउने बचन दिए पनि पूरा नगरेको उनको भनाइ छ ।  

“गुरुकुलको आफ्नै जग्गाका लागि हामीले प्रयास गरेकै हो । हामी जग्गा खोज्न लागिपरेकै हौं,” उनले भने, “हामीले प्रायः पछिल्लो समयमा हरेक प्रधानमन्त्रीसँग जग्गा उपलब्ध गराउन आग्रह गरेका थियौं । तर, आश्वासन मात्रै पायौं ।” 

KFC Island Ad
NIC Asia

भृकुटिमण्डपमा जग्गा दिने आश्वासन उनले पाएका थिए । “प्रायः सबै प्रधानमन्त्रीहरुले हामीलाई हुन्छ भन्नुभयो । हुँदैन कसैले भन्नु भएन्,” उनी भन्छन् । 

गुरुकुलको स्थापना निजी जग्गा भाडामा लिएर भएको थियो । तर, सम्झौताको दुई वर्ष बाँकी हुँदै जग्गाधनीले त्यो ठाँउ खाली गर्न भनेपछि गुरुकुल बन्द भएको थियो । उही कारण पोखरेल निजी जग्गा भाडामा लिएर पुनः गुरुकुल सुरु गर्ने सोचमा थिएनन् । त्यसैले लामो समय गुरुकुल बन्द भएको पोखरेल बताउँछन् । 

Royal Enfield Island Ad

“सरकारी जग्गा लिजमा पायौं भने अलि लामो समयसम्मको लिज पाइन्छ अनि स्थायी संरचना बनाउन सकिन्छ भनेर हामी त्यतातिर लाग्यौं । त्यसले पनि हामीलाई रोकेको हो,” पोखरेलले भने । अहिले उनले कुञ्ज थिएटर एकवर्ष भाडामा लिएर गुरुकुल सुरु गरेका छन् । 

यो पटक काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुरुकुलको एक वर्षको भाडाको जिम्मा लिएपछि सुरु भएको हो । 

वि.स २०५९ मा स्थापना भएको ‘गुरुकुल’ले दर्शकलाई रंगमञ्चको स्वाद चखाएको थियो । तर, जग्गा अभावका कारण वि.सं. २०६७ सालमा गुरुकुल बन्द भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro