site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्याग्दी : भेडा चराउन गएका रामबहादुर गुर्जामा हिमपातले बेपत्ता
SkywellSkywell

पोखरा । भेडा चराउन गएका म्याग्दीका रामबहादुर छन्त्याल बेपत्ता भएका छन । बिहिबार बिहानै भेडा चराउन गएका उनी बेपत्ता भएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए । 

उनकाअनुसार गुर्जाको सुकेलोट्नेमा भारी हिउँ परेपछि भेडिगोठ बस्ने ५० वर्षीय  छन्त्याल बेपत्ता भएका हुन् ।

KFC Island Ad
NIC Asia

छन्त्यालसँगै भेडा चराउन गएका अन्य तीनजना भने सम्पर्कमा आएका छन् । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक भने हिउँमा फसेको म्याग्दीका प्रहरी प्रमुख डिएसपी श्यामकुमार राईले जानकारी दिए ।
गुर्जा भन्ने ठाउँ हिमाली जिल्ला म्याग्दीको धवलागिरी गाउँपालिका १ मा पर्छ । 

घटना हुनासाथ गृहमन्त्रालयमा जानकारी गराइएको र उद्धारका लागि हेलिकोप्टर बोलाइएको सूचना अधिकारी पन्तले जानकारी दिए ।

Royal Enfield Island Ad

गृहमन्त्रालयले हेलिकप्टर पठाएपनि बिहीबार भने उनीहरूको उद्धार हुन सकेन । हेलिकप्टर पोखरा फर्किएको र शुक्रबार पुन: उद्धार गरिने उनले जानकारी दिए । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत र मोबाइल फोन सेवा पनि अवरुद्ध छ । छिमेकी वडा लुलाङबाट गुर्जा पुग्न एक दिन पूरै हिँड्नुपर्छ ।

यता, मनाङमा पनि बुधबारदेखि हिमपातका कारण बाटो भुलेर एकजना बेपत्ता भएका छन । भेडीगोठमा काम गर्ने नासो गाउँपालिका ४ का ५३ वर्षीय आछुयु गुरुङ बुधबारदेखि हराइरहेका छन । तीनजनाको समूहमा गएका गुरुङ भेडीगोठ सार्ने क्रममा जंगलमा हराएका हुन् । 

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यकाअनुसार गुरुङ गोठबाट गाउँ फर्कने क्रममा बाटो भुलेर सम्पर्कविहीन भएका हुन् । 

बुधबार बिहान गोठमा गएका गुरुङ जंगलमा हिउँ पर्ने हुँदा गाउँ फर्किँदै थिए । उनीभन्दा छिटो हिँड्ने साथीहरू गाउँमा फर्के । तर, व्यापक हिमपातका कारण र विस्तारै हिँड्दा उनी जंगलमा नै हराएका हुन् । उनको खोजीकार्य भइरहेको प्रजिअ आचार्यले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  २०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro