site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१२ लाख कमेन्टमा ११ लाख गाली खाएँ (भिडियो वार्ता)
तस्बिर : सुनील प्रधान । भिडियो : देवेश मानन्धर/बाह्रखरी ।
SkywellSkywell

काठमाडौं । ‘दलन’ अर्थात् एकताकाको चर्चित नेपाली टेलिशृंखला । त्यसको काली पात्रबाट उदाएकी अभिनेत्री हुन्, दिया मास्के ।

आधिकारिक रूपमा दियाको अभिनय यात्रा सोही टेलिशृंखलाबाट सुरु भएको हो । हुन त त्यसअघि पनि उनले एउटा टेलिशृंखलामा काम गरेकी थिइन । तर, त्यो एक दिनको अनुभव उनका लागि ‘नमिठो सपना’भन्दा कम छैन ।

उनी भन्छिन्, “त्यो मेरो लागि नाइटमेयरभन्दा फरक पर्दैन । त्यो एक दिनको अनुभवले नै म अभिनय गर्दिनँ भनेर माइन्ड मेकअप बनाइसकेको थिएँ ।” त्यसको सम्झना भने एकदमै धुमिल रहेको उनी बताउँछिन् ।

KFC Island Ad
NIC Asia

अभिनय पेसालाई परिवारबाट सिधै ‘रातो झन्डा’ देखाइएको थियो । उनले कत्थक र भरत नाट्यममा स्नातकोत्तर गरेकी थिइन् । तर, नाचेर हिँड्ने भन्दा पनि यसको गुरुका रूपमा मात्रै काम गर्न अनुमति थियो ।

Royal Enfield Island Ad

ग्लामर दुनियाँमा प्रवेश
दिया एसएलसीपछि नै ग्लामर दुनियाँमा प्रवेश गरिसकेकी थिइन् । पकेट खर्च र कलेजको शुल्क उनी म्युजिक भिडियो र मोडलिङबाटै जोहो गर्थिन् ।

गायिका मनीला सोताङको ‘भिज्यो सिरानी’को भिडियोमा उनले गरेको अभिनय देखेर ‘दलन’का नबीन सुब्बा, अनुप बरालले अडिसनका लागि बोलाएका थिए । त्यो बेला उनी स्नातकको परीक्षा दिएर बसेकी थिइन् ।

दलनको कार्यशालाबाट उनले अभिनयलाई मन पराउन थालिन् र गहन रूपमा लिन थालिन् । त्यसपछि दियालाई अभिनयको हुटहुटी जाग्यो र यसमै करियर बनाउँछु भन्ने सोच पलायो ।

दलनको छायांकन त्यति सजिलो थिएन । माओवादी द्वन्द्वकालको समय । टेलिशृंखला पर्वतको खौला, कुस्मालगायत दुर्गम क्षेत्रमा छायांकन गर्नुपर्ने थियो । पुल, टेलिफोन सेवा अवरुद्ध । ४० दिनका लागि भनेर गएको दलन टिमको छायांकन करिब ६ महिना लाग्यो । त्यसबाट उनले पाएको पारिश्रमिक २५ हजार रुपैयाँ थियो ।

डिजिटल फिल्मकी पहिलो अभिनेत्री 
दिया डिजिटल फिल्मकी पहिलो अभिनेत्री पनि हुन् । अर्थात्, नेपालमा डिजिटल प्रविधिबाट छायांकन सुरु भएको पहिलो चलचित्र ‘कागबेनी’मा दिया, निमा रुम्बा, सौगात मल्ललगायत कलाकारको अभिनय थियो ।

ठूलो पर्दाका उनका केही चलचित्र अन्तर्राष्ट्रिय अवार्ड समारोहहरूमा पनि पुग्यो । तर, ती चलचित्रमा उनको केही अन्तरंग दृश्यहरूका कारण आलोचना पनि खेप्नुपर्‍यो ।

दिया विस्तारै चलचित्रको पर्दामा कम देखिन थालिन् । उनी भन्छिन्, “काम पाइनँ । अझ भन्नुपर्दा काम नपाएको होइन, एकदमै ग्यापमा मात्रै पाउँथे । कर्मसियली आउनुपर्ने रहेछ । राम्रो काम गरेर मात्रै नहुने रहेछ । अहिलेको अवस्था त्यस्तो छैन । तर, जब मैले सुरु गरेँ, त्यस्तो चलचित्र बनाउने भनेको चुनौती मोल्नु नै थियो ।”

डकुमेन्ट्री जनराको चलचित्र गरिरहेकाहरूलाई त्योबाहेक अरू गर्न सक्दैनन् भन्ने गरिएको उनको आरोप छ । चलचित्र नपाउनुको अर्को कारण, आफ्नो हक्की र सटिक स्वभाव पनि हो कि भन्ने उनलाई लाग्छ ।

“मेरो कामबाट मैले जति प्रशंसा पाएको छु, त्योअनुसार कम काम पाएको छु जस्तो लाग्छ,” उनी भन्छिन् ।

रोडिजले तनाव
नेपालमा भएका अन्तर्राष्ट्रिय फ्रेन्चाइजी शोहरूमध्ये ‘हिमालय रोडिज’ राम्रो चर्चा कमाइरहेको रियालिटी शोमध्ये एक हो । युवावर्गमाझ लोकप्रिय यो शोकै कारण आफू नेपाली युवापुस्तामाझ पुगेको उनको ठहर छ ।

अचेल दियालाई चलचित्र र मिडियामा त्यति धेरै देखिँदैन । तर, जब–जब चलचित्रको पर्दा र रियालिटी शोहरूमा आउँछिन्, आलोचना पनि खेप्नुपर्छ । रोडिजको चौथो सिजनसम्म आउँदा आफूले धेरै आलोचना र गाली खेप्नुपरेको उनी बताउँछिन् ।

“धेरै आलोचना सुन्नुपर्‍यो । १२ लाख कमेन्टमा ११ लाख कमेन्टमा गाली खाइयो । तर, बुझ्नुपर्ने कुरा के हो भन्दाखेरी रोडिज सुरु गर्दा मलाई यत्तिकै ‘ग्याङ लिडर’को रूपमा लिएको होइन,” दिया भन्छिन्, “मलाई अरू प्रतियोगीहरूजस्तै बकाइदा अडिसनबाटै लिनुभएको हो । मभन्दा अघि सातजना अभिनेत्रीहरूको लिस्ट पठाइएको थियो रे, तर सबैजना रिजेक्ट हुनुभयो ।”

आफू त्यति धेरै रुखो नभएको र जिम्मेवारी पूरा गरेको उनको भनाइ छ । “मैले मेरो काम मात्रै गरेको हुँ । म व्यक्तिगत रूपमा त्यति रुड पनि छैन । हो, म स्ट्रेटफोर्वाड छु । तर, शोमा देखिएजस्तो रुड छैन । धेरै गाली खाएँ मैले,” उनी भन्छिन्, “एक समय त्यस्तो पनि आयो, मलाई अब म सक्दिनँ जस्तो पनि लाग्यो । किनभने, तल्लो लेवलसम्म गएर गाली गर्नुहुन्थ्यो ।” आफूले चाहेर भन्दा पनि शोको फर्म्याटानुसार त्यसरी प्रस्तुत भएको उनी बताउँछिन् ।

तर, अहिले उनको प्रस्तुति सुरुको जस्तो कडा छैन । आलोचनापछि हच्किनुभएको हो भन्ने प्रश्नमा उनी भन्छिन्, “पछि हटेको होइन, शोको फर्म्याट परिवर्तन भएको हो । इन्डियन रोडिज नै हेर्नुहोस्, फर्म्याट चेन्ज भइसकेको छ ।”

पछिल्लो समय रियालिटी शोहरू ‘स्क्रिप्टेड’ हुन्छन् भन्ने टिप्पणीको दिया खण्डन गर्छिन् । “स्क्रिप्टेड होइन । तपाईंले यही बोल्नुपर्छ, यही भन्नुपर्छ भनेर स्क्रिप्ट दिने होइन । मानौँ, म पो कलाकार हुँ र मैले टिमले दिएको स्किप्टलाई फलो गर्न सक्छु । तर, आउने प्रतियोगीहरू त कलाकार होइन नि । उहाँहरूलाई त्यो समयमा जे लाग्छ, जे सोच्नुहुन्छ त्यही भन्ने हो ।”

सपना साकार बनाउन हातेमालो 
थिएटरमा प्रवेश गर्दा रंगकर्मी अनुप बराल र उनको सम्बन्ध गुरु र शिष्यको थियो । त्यो सम्बन्ध श्रीमान्–श्रीमतीमा रूपान्तरित भइसकेको छ ।

अनुपको एउटा सपना आफ्नो जन्मथलो पोखरामा ‘आर्ट हब’ निर्माण गर्नु रहेको छ । जहाँ थिएटर, चित्रकला, अभिनय, गायनलगायत विधामा रहेकाहरूका लागि छलफल गर्ने एउटा ठाउँ होस् भन्ने हो । विशेष प्राथमिकतामा भने नाटकघर छ ।

श्रीमान्को यही सपनालाई पूरा गर्न उनी हातेमालो गरिरहेकी छन् । अबको ६ महिनामा त्यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताइन् ।

अब फेरि चलचित्र र डान्समा धेरै समय दिने उनको योजना छ । दिया चाँडै नै चलचित्र ‘प्रकाश’ र अर्को एउटा चलचित्रमार्फत फेरि दर्शकसामु आउँदै छिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro