site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहजिल्लामा आफ्नो प्रभाव घटाइदिने जिसीलाई कोइरालाले सभापतिमा समर्थन गर्लान् त ?
SkywellSkywell

पोखरा । देशैभरि कांग्रेसको अधिवेशन चलिरहेको छ । हालसम्म कांग्रेसले वडा तहदेखि पालिका, प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला निर्वाचन सकिसकेको छ । जिल्लापछि अब कांग्रेसको चुनाव प्रादेशिक तहमा केन्द्रित छ ।

देश संघीयतामा गइसकेपछि बल्ल कांग्रेस पनि संघीय संरचनामा जान पहिलोपटक चुनाव गर्दैछ ।

दुई दिन पछि सारेर कांग्रेसको प्रादेशिक अधिवेशन १६ गतेदेखि सुरु हुँदैछ । मतदाता नामावली प्रकाशन गर्ने उक्त मिति आउन एकदिन मात्रै बाँकी रहँदा पनि गण्डकीमा उमेदवारहरु टुंगिइसकेका छैनन् ।

KFC Island Ad
NIC Asia

हालसम्म कार्यक्रम नै राखेर तीन जनाले प्रदेश सभापतिको आकांक्षा राखेका छन् भने आकांक्षीको संख्या चाहिँ पाँच देखिएको छ ।
गण्डकीमा महिना दिन अघिदेखि नै प्रदेशको सभापति बन्ने भन्दै प्रचारप्रसारमा जुटेका नेता हुन् तनहुँका रघुनाथ पौडेल । उनले आइतबार पत्रकार सम्मेलन नै गरेर आफ्नो घोषणा गरे ।

त्यसभन्दा अघि कास्कीकै नेता देवराज चालिसेले पनि सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् ।  चुनाव नजिकिँदै जाँदा नेताहरुले दिनहुँजसो उमेदवारी घोषणा गर्न थालेका छन् ।

Royal Enfield Island Ad

मंगलबार मात्रै कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभाग प्रमुख अर्जुनप्रसाद जोशीले आफ्नो उमेदवारी घोषणा गरे । जोशीको घोषणामा गण्डकीका तीन मन्त्रीसहित कास्की र पर्वतका जिल्ला सभापतिसहित पूर्वसभामुखलगायतका नेताहरुको उपस्थिति थियो ।

जोशी देउवा समूहबाट उमेदवारी घोषणा गर्ने एकमात्र व्यक्ति हुन् ।

यसबाहेक कास्कीकै नेताद्वय शुक्रराज शर्मा र पूर्वमन्त्री यज्ञबहादुर थापाले पनि प्रदेश सभापतिमा आकांक्षा देखाएका छन् । थापाले घोषणा भने गरेका छैनन् ।

प्रदेश सभापतिमा नै नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पनि कुरा आएको थियो । तर, उनी केन्द्रीय सहमहामन्त्री लड्ने सम्भावना छ ।

तर, यी आकांक्षीमध्येबाट देउवा समूहबाट अर्जुनप्रसाद जोशी मात्र सभापतिको चुनाव लड्ने निश्चित भएको छ ।

बाँकी आकांक्षी सबै इतर समूह (पौडेल) का हुन् । तर, पौडेल समूहमा देखिएका केही नेता नै सभापति दिएको खण्डमा देउवा समूहमा समेत लाग्ने चर्चा चलेको छ । तर, त्यसको सम्भावना भने कम छ । सभापतिका आकांक्षी चालिसेलाई भने उपसभापति दिएर मनाउने कसरत भइरहेको छ ।

स्रोतका अनुसार जोशीबाहेक आकांक्षी चारजना मध्ये कोही पनि सभापतिको चुनाव लड्ने सम्भावना कम छ । इतर समूहबाट नवलपुरका महेन्द्रध्वज जिसी चुनाव लड्ने प्रबल सम्भावना रहेको स्रोतले बतायो ।

जिसीलाई सभापतिको साझा उमेदवार बनाउनको लागि सर्वसम्मत गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको बैठक बस्ने स्रोतको भनाइ छ । जिसी पौडेल संसदीय दलको नेता हुँदा सचिव थिए ।

तर, नवलपुरमा नै पौडेल समूहको प्रतिनिधित्व गर्दै जिसीको नेतृत्वमा प्रदेश र संघीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पौडेल भर्सेस देउवा र कोइरालाको प्यानल बनेको थियो । अन्तिममा जिसी नेतृत्वको पौडेल प्यानलले कोइराला देउवाको प्यानललाई पराजित गर्न सफल भयो । नवलपुरमा जिल्ला अधिवेशन भने भएको छैन ।

महामन्त्रीले यी अधिवेशनबाट आफू कमजोर गरेको महसुस गरेका छन् ।

तसर्थ, गृहजिल्लामा आफ्नै प्रभाव घटाइदिएका जिसीलाई कोइरालाले प्रदेश सभापतिमा समर्थन गर्ने संशय पनि उत्तिकै छ ।

सभापतिका आकांक्षी जिसीले सम्भवतः बुधबार आफ्नो उमेदवारी घोषणा गर्नेछन् । बाह्रखरीसँगको फोन सम्पर्कमा उनले भने, “महामन्त्रीको टिमविरुद्ध लडेकै हो, अब प्रदेशमा एलाइन्स गर्ने हो ।”

जिल्ला अधिवेशन बाँकी रहेकै कारण प्रदेश महाधिवेशनपछि हुने उक्त जिल्ला अधिवेशनमा आफू फेरि शशांक कोइरालाकै टिमलाई जिताउन लागिपर्ने उनले संकेत गरे ।

उनी आफू देउवा इतरको टिमको उमेदवार रहेको बताए । यता देउवा समूहका जोशीले भने मंगलबार नेता तथा कार्यकर्ताका माझ आफ्नो उम्मेदवारी घोषणा गरे । 

उनको घोषणासभामा पूर्वसभामुख तारानाथ रानाभाटदेखि खेमराज पौडेल, मन्त्रीहरू कुमार खड्का, विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल र विभिन्न जिल्लाका नेता कार्यकर्ताहरू उपस्थित थिए । रानाभाट पौडेल समूह निकट मानिन्थे । 

घोषणासभामा जोशीले आफू गुटको राजनीति नगर्ने दावी गरे । 

“शेरबहादुर देउवाज्यूले कांग्रेसलाई मजवुत बनाउने अभियान थाल्नुभएको छ । देशलाई समृद्ध बनाउने काम सुरू गर्नुभएको छ, हामीले उहाँको अभियानलाई सघाउनुपर्छ । तर, म गुटमा विश्वास गर्दिनँ र गुटलाई समर्थन पनि गर्दिनँ,” उनले भने ।

सभापतिका उमेदवार लगभग निश्चित भएता पनि उनीहरुको समूहका अन्य पदाधिकारीको भने नाम टुंगिएको छैन ।

हालसम्म जोशी समूहबाट महामन्त्रीमा मेखलाल श्रेष्ठको चर्चा छ भने इतर समूहबाट कास्कीका निवर्तमान सभापति कृष्ण केसीले आकांक्षा देखाएका छन् । यसबाहेक नवलपुरबाटै प्रदेश सांसद विष्णुप्रसाद लामिछाने पनि महामन्त्रीका आकांक्षी हुन् ।

जिल्ला सभापतिमा देउवा समूह अगाडि

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये १० वटा जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन सकिएको छ । अधिवेशनबाट यी जिल्लाहरुमा देउवा समूहका सभापति बढी चुनिएका छन् ।

नवलपुर बाहेकका १० मध्ये ६ वटा जिल्ला सभापतिमा देउवा पक्षले निर्वाचन जितेका छन् । वरिष्ठ नेता पौडेल पक्षले भने ३ वटा जिल्लामा मात्र निर्वाचन जितेका छन् । बागलुङमा सिटौला निकट मानिने जीत शेरचन सभापति चुनिएका छन् ।

गण्डकीमा देउवा पक्षबाट सभापति जित्नेहरु कास्कीमा किशोरदत्त बराल, तनहुँ जीतप्रकाश आले, लमजुङ डा. टकराज गुरुङ, मनाङमा शंकर गुरुङ, पर्वतमा युवराज जोशी र म्याग्दीमा खमबहादुर गर्बुजा रहेका छन् । 

यस्तै, पौडेल पक्षबाट स्याङ्जामा राजु थापा, मुस्ताङमा रोमी गौचन थकाली र गोरखामा नन्दप्रसाद न्यौपानेले सभापति जितेका छन् । स्याङजाका थापा पौडेल समूहमा भनिएता पनि उनी देउवा समूहसँग पनि उत्तिकै निकट छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro