site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुम्लामा भारी हिमपात हुँदा दुई दिनदेखि सम्पर्कविहीन नाम्खा गाउँपालिकाका चार गाउँ  
फाइल तस्बिर ।

काठमाडौं । हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि भारी हिमपात हुँदा नाम्खा गाउँपालिकाका गाउँहरू दुई दिनदेखि सम्पर्कविहीन छन । चीनको सिमानासँग जोडिएका नाम्खा गाउँपालिकाका हिल्सा, लिमी, यारी र मुचु गाउँ सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले सोमबार बिहानदेखि सम्पर्क हुन नसकेको जानकारी दिए । ‘‘अहिले सिमकोटमा पानी परिरहेको छ । नाम्खा गाउँपालिकाका गाउँहरूमा भने हिउँ परिरहेको छ । हिल्सा, लिमी, यारी र मुचु गाउँमा मंगलबार बिहानदेखि निरन्तर सम्पर्क गर्न खोजिरहेका छौँ । तर, सम्पर्क भइरहेको छैन,” उनले बाह्रखरीसित भने, ‘‘हिमपात हुँदा मोबाइल, इन्टरनेट, वाइफाइ सबै सेवा अवरुद्ध हुन्छ । ती गाउँको पछिल्लो अवस्थाबारे केही जानकारी लिन पाइएको छैन ।”

लगातार हिमपात भइरहेकाले इन्टरनेट सेवा अवरुद्ध भएको, मोबाइलमा चार्ज नहुँदा र नेपाल टेलिकमको टावर बिग्रिँदा सम्पर्क हुन नसकेको उनको भनाइ छ । ‘‘सोमबारसम्म हिल्सा नाकामा एक फिट हिउँ जमिसकेको खबर आएको थियो । पछिल्लो समय सम्पर्क हुन सकिरहेको छैन । हिँडेर वा गाडी लिएर त्यहाँ जान सकिने अवस्था छैन,” उनले भने ।

हुम्लाका तीन हजार ८०० मिटरभन्दा माथि सबै ठाउँमा हिमपात भएको छ । हिल्सामा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी, नेपाल प्रहरीको सुरक्षा चौकी, होटेल व्यवसायी पनि छन् । उनीहरूसँग पनि दुई दिनदेखि सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार सिमकोटमा अहिले पानी परिरहेको छ । चार दिनदेखि निरन्तर पानी पर्दा हवाई सेवा अवरुद्ध छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने, ‘‘यहाँको जनजीवन धेरै नै अस्तव्यस्त बनेको छ । घरबाहिर निस्कन सकिने अवस्था पनि छैन । हिल्सानाका नारालेक क्षेत्रमा बसोबास गर्ने नागरिक बढी प्रभावित भएका छन । पूरै नाकाहरू बन्द छन् । बत्ती छैन । सोलारबाट मोबाइल चार्ज गर्दै आएका थियौँ, घाम नलाग्दा चार्ज गर्न पनि मिल्दैन, मोबाइल अफ छन् ।”

उता, वर्षा र हिमपातसँगै खार्पुनाथ गाउँपालिका–५, खर्पेलगाउँमा पहिरो जाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रजिअ आचार्यका अनुसार चीनसँग जोडिएका गाउँहरूबाट हुम्ला सदरमुकाम सिमकोटसम्म चल्ने सवारीसाधनहरू ठप्प छन् । ‘‘हिजोसम्म सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिदेखि यांचुकुनासम्म गाडी चलेका थिए । आजदेखि उक्त सेवा पनि ठप्प भइसक्यो । सीमानाकामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्ने कोसिस गरिरहेका छौँ । हुम्लामा पुस–माघतिर पर्ने हिउँ अहिले नै परेको छ,” प्रजिअ आचार्यले भने, ‘‘अहिले यहाँका स्थानीयलाई बालीनाली भित्र्याउने चटारो थियो । धान, कोदो, मकै, फापर, सिमीलगायत अन्नहरू बाढी–पहिरोले बगाएको छ ।”

हुम्लाका अधिकांश गाउँहरूमा हिँडेरै जानुपर्ने भएकाले प्रहरी समयमै घटनास्थलमा पुग्न नसकेको बताइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro